मनाेरञ्जन/रोचक
Aug 18, 2017
नेपाल आइडलबाट सुरज थापा आउट, मञ्चमा जर्ज इन्दीरा रुंदै गर्दा सुरजले “भने मैले हारेर होइन जितेर गएको छु ”
काठमाडौं । भदौ २ । नेपाल आइडलको उत्कृष्ट ६ बाट सुरज थापा आउट भएका छन्् । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडलको आज भएको एलीमेसन राउन्डमा दर्शकको भोटका आधारमा सुुरज आउट भएकी हुन् । दर्शको भोटको आधारमा बटम थ्रि मा परेका निसान भट्टराई , सुजाता पाण्डे र सुरज थापा मध्य सबै भन्दा कम भोट पाएर सुरज आउट भएका हुन् । 
नेपाल आइडलबाट आउट भएपछी सुरज थापाले आफुले नेपाल आइडलबाट हारेर होइन जितेर गएको प्रतिकृया दिएका छन् । मलाई नेपाल आइडल मार्फत देश बिदेशबाट यति धेरै मायाँ र हौसला दिनुभयो, मेरो लागि भोट गर्नुभयो अनि आज यो ठाँउ सम्म पुर्याउन सहयोग गर्नुभयो म धेरै खुसी छु , सुरजले भने मैले नामकै लागि १४ बर्ष सम्म कठोर साङगीतीक यात्रामा स्ट्रगल गरें तर त्यो भन्दा पनि धेरै मैले ४ महिनामा नेपाल आइडलबाट सिकें । 
सुरज आउट भएको घोषणा हुने बित्तीकै जर्ज इन्दीरा जोसी भावबिह्वल भईन । इन्दीरा रुंदै गर्दामा सुरजले भने नेपाल आइडलबाट मैले कमाएको चिज भनेकै यहि हो सवैले मायाँ गर्नुभएको छ, नेपाल आइडलको मञ्चबाट बाहिरींदा दुखी छैन जे सोचेर आएको थिए मेरा चाहना पुरा भएको छ । 
सुरज आउट भएको घोषणा हुने बित्तिकै मञ्चबाट जर्ज इन्दीरा जोसी भक्कानीएर रोइन । इन्दीराको रोदन संगै कार्यक्रममा सहभागी सबैलाई रुवाएको थियो । इन्दीराले सुरजलाई नेपाल आइडलको मञ्चमा संधै मिस गर्ने समेत बताइ्न । 
सुरज आउट भएपछी नेपाल आइडलमा ५ जना प्रतियोगी मात्र रहेका छन् । सुजाता पाण्डे,सागर आले, बुद्ध लामा, निसान भट्टराई, र प्रताप दास उत्कृष्ट ५ मा पर्न सफल भएका छन् । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video