कृषि/प्रविधि
Aug 19, 2017
शिवपुरी गाँउपालीकामानै पहिलोपटक कृषि हाट बजार सञ्चालन हुंदै
काठमाडौं । भदौ ३ । नुवाकोटको शिवपुरी गाँउपालीकामानै पहिलो पटक कृषि हाटबजार सञ्चालन हुने भएको छ । शिवपुरी ६ समुन्द्रा देवीमा यहि भदौं २४ गते देखि कृषि हाटबजार सञ्चालन हुन लागेको हो । 
समुन्द्रादेवी स्थीत समुन्द्रादेवी खोले गाँउ कृषी बहुउदेश्यीय सहकारीले यहि भाद्र २४ गते देखि कृषि हाटबजार सञ्चालनमा ल्याउन लागको अध्यक्ष बिष्णु श्रेष्ठले जानकारी दिए । गाँउका उत्पादनहरुको बजारीकरण र कृषिको प्रवर्धनका लागि सहकारीले हाटबजार सञ्चालन गर्न लागेको श्रेष्ठको भनाई छ । बजारको अभाबमा आफना उत्पादनहरु त्यतीकै खेर गइरहेको अवस्थामा सहकारीले हाटबजार सञ्चालन गर्न लागेको भन्दै किसानहरुले खुसी व्यक्त गरेका छन् । 
खोले गाँउ कृषी बहुउदेश्यीय सहकारीको सातौं साधारण सभा पश्चात सोहि दिन देखि कृषि हाटबजार सञ्चालन गर्ने हाम्रा सहयोगी हरीराम भेटुवालले जानकारी दिए ।   
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video