विचार/अन्तरवार्ता
Aug 19, 2017
इन्टरनेट सम्बन्धि नीति नियम परिमार्जन गर्नुपर्छ ः भण्डारी
हरिहर भण्डारी, प्रवन्ध निर्देशक होन्स्
यतिबेला इन्टरनेट क्षेत्रको अवस्था कस्तो छ ?
— धेरै राम्रो छ । तर व्यापक प्रतिष्पर्धा छ । बजार पहिलेभन्दा फराकिलो बन्दै गएको छ । चुनौतीहरु थपिंदै छ । 
इन्टरनेट क्षेत्रमा सरकारी नीति नियमलाई यहाँले कसरी लिनु भएको छ ?
— अब अहिले आएर सराहनीय छ । नीति नियमहरु केही परिमार्जन गरिनु पर्ने देखिन्छ । सरकारी स्तरबाट पूर्वाधानरको विकास भएमा धेरै राम्रो हुन्छ । सरकारी नियमन निकायबाट आवश्यक सहयोगहरु उपलब्ध भएमा अझै सजिलो हुन्थ्यो । 
यस क्षेत्रलाई अझ कस्तो सुधार गर्नुपर्ने महसुस गर्नुभएको छ ?
— यो क्षेत्रमा धेरै लाइसेन्स दिनुभन्दा भएकालाई नै सुद्धृढिकरण र सेवालाई थप व्यवस्थि तगर्न सकेमा ग्राहकहरु चुस्त सेवा उपलब्ध गराउन सकिन्छ । 
तपाईंको होन्स्को अवस्था अहिले कस्तो छ ?
— पहिलेको तुलनामा राम्रो छ, ग्राहक संख्या बढेको छ । अझै थपिंदैछन् । हामीले गुणस्तरीय सेवामा बढी ध्यान केन्द्रीत गरेकाले पनि हाम्रो सेवा पहिलेको तुलनामा बाग बढेको छ । 
इन्टरनेट क्षेत्रमा लगानी अनुसार प्रतिफल कत्तिको पाइन्छ ?
— अवसर र चुनौती बढी छ । प्रतिफल पहिलाको तुलनामा कम छ । बजारमा प्रतिष्पर्धा बढेको कारणले पनि प्रतिफल कम भएको हो । स्वस्थ र अस्वस्थ प्रतिष्पर्धीहरु बढी भएको कारण प्रतिफलमा पनि केही असर परेको देखिन्छ । 
तपाईंको होन्स् कहासम्म फैलिएको छ ?
— हाललाई हामी शहरलाई केन्द्रीत गरेर काम गरिरहेका छौं । त्यो बाहेक सोलुखुम्बु, रामेछाप, मकवानपुर सम्म हाम्रो सेवा विस्तार भएको छ । यो वर्षबाट थप विस्तार गर्ने योजना बनाएका छौं । हाम्रो ग्रहकसंख्या १० हजार भन्दामाथि पुगिसकेको छ ।
यो क्षेत्रमा राजनीतिक प्रभाव कत्तिको छ ?
—खास रुपमा भन्ने हो भने प्रत्यक्ष रुपमा चाँही परेको देखिंदैन । तर नीति र नियम परिमार्जन गर्ने काममा भने हामी सवै एकताबद्ध हुनुपर्छ । प्रविधिको विकास र विस्तारसँग यस्ता अवसर र चुनौतीहरुलाई समयसँगै ध्यानमा राखि आवश्यकता अनुसार पहलीकरण गरेमा थप प्रविधिको विकासमा टेवा पुग्ने छ । त्यसैले यो क्षेत्रलाई राजनीतिबाट अलग राखेर स्वच्छ रुपमा विकास र विस्तार गर्नुपर्छ । राष्ट्रको अभिन्न अंगको रुपमा यसको विकास गरिनु पर्दछ । किनभने इन्टरनेट सेवाविना कुनै पनि क्षेत्रको विकास र विस्तार हुन नसक्ने भएपनि यो क्षेत्रलाई राज्यको अभिन्न अंगको रुपमा लिनुपर्छ । 
इन्टरनेट क्षेत्रलाई समय सुहाउँदो बनाउन के के गर्नुपर्ला ?
— पूर्वाधारको विकासमा सरकारी सहभागीता, आवश्यकता अनुसारको कानुनी व्यवस्था, स्वच्छ बजारको व्यवस्थापन पहिला हुनुप¥यो । अनि क्रमिक रुपमा समय सुहाउँदो सरकारले पनि नीति नियम बदल्दै लानुपर्ने मैले महसुस गरेको छु । 
होन्स्ले इन्टरनेटमा गुणस्तर बढाउन के के गरिरहेको छ ?
— प्रविधिको विकास, ग्राहकहरुको माग अनुसारको सेवा सुविधालाई ध्यानमा राखि हामीले सोही अनुरुप होन्स सञ्चालन गरिरहेका छौं । 
होन्स्मा नयाँ सेवा लिन चाहनेलाई तापाईं के के सुझाव दिन चाहनुहुन्छ ?
— सवैभन्दा पहिला कस्तो सेवा लिन खोजेको हो भनेर बुझ्न सल्लाह दिन्छु । राउडरको बारेमा थोरै मात्रामा भएपनि जानकारी राखेर आउनु प¥यो । आफूले लिन लागेको सेवा कस्तो प्रकारको सेवा हो, त्यसको बारेमा विस्तृत जानकारी लिएर इन्टरनेट जडान गर्दा राम्रो हुन्छ । होन्स्मा नयाँ सदस्यता लिन अत्यन्त सजिलो छ । हामी ग्राहकहरुलाई पहिला आफूले लिन चाहेको सेवा बारे बुझाउँदै आएका छौं । 
प्रस्तुती ः सनत गिरी 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video