मूर्ति सेलाउने बिषयमा बिबाद हुँदा कपिलवस्तुमा अनिश्चितकालीन कफ्र्यु  |  नक्कली नोट छाप्ने मेसिन सहित ५ जनाको गिरोह पक्राउ  |  दशैँपछि राजधानीमा चहलपहल सुरु,दशैंमा बढी भाडा असुलगर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही  |  यसरी मनाउँदैछन शीर्ष नेताले दशै  |  नेपाल प्रहरीले काठमाण्डौंमा अस्टमी देखि टिकाको दिन सम्म निशुल्क बस सञ्चालन गर्ने, कहाँ कहाँ चल्छ बस ? रुट सहित  |  थाहा पाइराख्नुहोस IVR मार्फत नेपाल टेलिकमको निशुल्क पाईने सुबिधाहरु  |  दशैं पछि माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै  |  सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु  |  पूर्वसांसदले गरे आत्महत्या  |  दुखद घटना, आज बिहानै जिप दुर्घटना,दशैंमा घर जाँदै गरेका दुईको मृत्यु
मनाेरञ्जन/रोचक
Aug 19, 2017
नेपाल आइडलको कार्यक्रम प्रसारण हुनुपुर्वनै रिजल्ट आउट ? विद्यार्थी नेताले कार्यक्रम प्रसारण हुनुपुर्वनै सुरज आउट भएको यसरी सार्वजनीक गरे,नेपाल आइडलको विश्वसनीयता माथी शंका
काठमाडौं । भदौ ३ । नेपाल आइडलको कार्यक्रम प्रसारण हुनुपुर्वनै रिजल्ट आउट भएको खुलासा भएको छ । एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडलको हिजो भएको एपीसोडको प्रसारण हुनुपुर्वनै एक जना विद्यार्थी नेताले फेसबुक मार्फत सुरज आउट भएको सार्बजनीक गरेका थिए । अखिलका नेता आर सि लामीछानेले नेपाल आइडलको एलीमेशन राउन्ड अन्तर्गतको रिजल्ट डेको कार्यक्रम प्रसारण पुर्वनै फेसबुक मार्फत सुरज आउट भएको सार्वजनीक गरेका हुन । आरसीले फेसबुकमा लेखेका थिए “प्यारो भाई सुरज थापालाई सफल गायन यात्राको सुभकामना, नेपाल आइडल बाहिरको स्वतन्त्र आकासमा स्वागत छ”

आरसीले फेसबुक मार्फत रिजल्ट आउट गरेपछि कार्यक्रम प्रसारण पुर्वनै रिजल्ट आउट भन्दै धेरैले कमेन्ट पनि गरेका छन् । आरसीले फेबसकुमा रिजल्ट आउट गर्दामा नेपाल आइडलको कार्यक्रम प्रसारण समेत भएको थिएन् । एकाएक यसरी रिजल्ट सार्वजनीक भएपछि नेपाल आइडलको विश्वसनियतामा शंका उव्जेको छ । स्वरका धनी सुरज एकाएक आइडलबाट सार्वजनीक भएपछि धेरैले आसंका गरेका छन् । अझ हिजो भएको कार्यक्रममा जर्जहरुले नेपाल आइडलका सान निसान भन्ने गरेका निसान भट्टराई समेत डेन्जर जोनमा परेका छन् । दर्शकको भोटको आधारमा आउट हुने एलीमेसन राउन्डमा कस्ले कति भोट पाए आयोजकले सार्वजनीक समेत गदैनन् । 
दर्शको भोटको आधारमा बटम थ्रि मा परेका निसान भट्टराई , सुजाता पाण्डे र सुरज थापा मध्य सबै भन्दा कम भोट पाएर सुरज आउट भएका हुन् । नेपाल आइडलबाट आउट भएपछी सुरज थापाले आफुले नेपाल आइडलबाट हारेर होइन जितेर गएको प्रतिकृया दिएका छन् । मलाई नेपाल आइडल मार्फत देश बिदेशबाट यति धेरै मायाँ र हौसला दिनुभयो, मेरो लागि भोट गर्नुभयो अनि आज यो ठाँउ सम्म पुर्याउन सहयोग गर्नुभयो म धेरै खुसी छु , सुरजले भने मैले नामकै लागि १४ बर्ष सम्म कठोर साङगीतीक यात्रामा स्ट्रगल गरें तर त्यो भन्दा पनि धेरै मैले ४ महिनामा नेपाल आइडलबाट सिकें । 
सुरज आउट भएको घोषणा हुने बित्तीकै जर्ज इन्दीरा जोसी भावबिह्वल भईन । इन्दीरा रुंदै गर्दामा सुरजले भने नेपाल आइडलबाट मैले कमाएको चिज भनेकै यहि हो सवैले मायाँ गर्नुभएको छ, नेपाल आइडलको मञ्चबाट बाहिरींदा दुखी छैन जे सोचेर आएको थिए मेरा चाहना पुरा भएको छ । 
सुरज आउट भएको घोषणा हुने बित्तिकै मञ्चबाट जर्ज इन्दीरा जोसी भक्कानीएर रोइन । इन्दीराको रोदन संगै कार्यक्रममा सहभागी सबैलाई रुवाएको थियो । इन्दीराले सुरजलाई नेपाल आइडलको मञ्चमा संधै मिस गर्ने समेत बताइ्न । 
सुरज आउट भएपछी नेपाल आइडलमा ५ जना प्रतियोगी मात्र रहेका छन् । सुजाता पाण्डे,सागर आले, बुद्ध लामा, निसान भट्टराई, र प्रताप दास उत्कृष्ट ५ मा पर्न सफल भएका छन् । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video