अपांगता/अल्पसंख्यक
Aug 13, 2014
सिन्धुपाल्चोकको पहिरोमा परि अपांगता भएकालाई मिल्यो ुनमुना घर? र आश्रय

सिन्धुपाल्चोक, श्रावण २७ - पहिरो र सुनकोसीको तालले घरखेत गुमाएका जोगी पहरीका अपांग छोराका लागि बसोबास गर्न 'नमुना घर' र पालनपोषणको व्यवस्था हुने भएको छ।

पहिरो र ताल प्रभावित क्षेत्र धुस्कुन पुगेकी पोखराकी समाजसेवी सरिता गुरुङ र उनका साथीहरूले जोगीका अपांग छोरा बखतका लागि तत्काल बस्ने घर र सधैंका लागि पालनपोषणको व्यवस्था मिलाइदिने भएका हुन्।  साउन २५ गते कान्तिपुरमा 'अपांग छोरा बोकेर आश्रय खोज्दै' शीर्षकमा समाचार छापिएपछि बखत खोज्दै पुगेका सरिताको टोलीले उक्त गाउँमा श्रमदान गर्ने पनि बताएका छन्।

दुई घन्टा पहिरोले पुरेको घर भित्रबाट उद्धार गरिएका कम्मरमुनि नचल्ने बखतका लागि श्रमदानबाटै घर बनाइनेछ। 'आउने शुक्रबारबाट जस्ता र काठको नमुना घर बनाउने कार्य गर्छौं,' लामो समयदेखि गरिबदुःखी र रोगीहरूका लागि सहयोग उठाएर सहयोगी बनेकी सरिताले भनिन्, 'बखतको पालनपोषणका लागि स्थायी रूपमा दाताहरूको खोजी भइसकेको छ।'

लालपुर्जाविहीन सुकुम्बासी पहिरोपीडित जोगीको घर पुगेका सरिताको टोलीलाई गाउँलेले पहिला अपांग र उनका परिवारलाई सहयोग गर्न सुझाएको थियो। त्यसैका आधारमा अपांगलाई पहिला सहयोग गर्ने र त्यसपछि गाउँका लागि करिब एक लाख बराबारको गुणस्तरीय ४० वटा त्रिपाल पुर्‍याउने सरिताले बताइन्।

आफ्नै प्रयासमा करिब ४५ हजार बराबरको ३ थान टेन्ट माङ्खा लामोसाँघुस्थित पहिरोबाट विस्थापित शिविरमा पुर्‍याइदिने पनि उनले बताइन्।

कान्तिपुर दैनिक र कान्तिपुर टेलिभिजनको समाचारका आधारमा क्लासिक कलेज काठमाडौंका विद्यार्थीहरू राहत सामग्री र औषधि लिएर श्रमदानका लागि धुस्कुन जाने भएका छन्। मंगलबार धुस्कुनका पीडितका घरघर पुग्ने शिक्षक आदर्श गौतमले बताए। साथमा टुगेदर वी क्यान नामको सहयोगी संस्था पनि साथमा हुने उनले जानकारी दिए।




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video