मूर्ति सेलाउने बिषयमा बिबाद हुँदा कपिलवस्तुमा अनिश्चितकालीन कफ्र्यु  |  नक्कली नोट छाप्ने मेसिन सहित ५ जनाको गिरोह पक्राउ  |  दशैँपछि राजधानीमा चहलपहल सुरु,दशैंमा बढी भाडा असुलगर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही  |  यसरी मनाउँदैछन शीर्ष नेताले दशै  |  नेपाल प्रहरीले काठमाण्डौंमा अस्टमी देखि टिकाको दिन सम्म निशुल्क बस सञ्चालन गर्ने, कहाँ कहाँ चल्छ बस ? रुट सहित  |  थाहा पाइराख्नुहोस IVR मार्फत नेपाल टेलिकमको निशुल्क पाईने सुबिधाहरु  |  दशैं पछि माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै  |  सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु  |  पूर्वसांसदले गरे आत्महत्या  |  दुखद घटना, आज बिहानै जिप दुर्घटना,दशैंमा घर जाँदै गरेका दुईको मृत्यु
मनाेरञ्जन/रोचक
Aug 25, 2017
नेपाल आइडलको प्रतियोगितामा पर्दा भित्रबाट भयानक चलखेल, यि प्रतियोगिलाई भोट गरेपछि डेलिभरी रिपोर्ट समेत नआएको गुनासो
काठमाडौं । भदौ ९ । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल प्रतियोगिताका ५ प्रतियोगीहरुलाई भोटीङ खुला गरिएको छ । गएराती ९ बजे देखि १० बजे सम्म प्रसारण भएको उक्त कार्यक्रम पछि नेपाली समय अनुसार आज मध्यान्न १२ बजे सम्म मात्र भोट गर्न पाइन्छ । नेपाल आइडलको प्रतिष्पर्धामा निसान भट्टराई, सुजाता पाण्डे, प्रताप दास, सागर आले र बुद्ध लामा रहेका छन् । 
आफना रोजाइरमा रहेका प्रतियोगिलाई मतदान गर्न खुल्ला गरिएको भोटिङमा कतिपय प्रतियोगीलाई भोट गरेपनि म्यासेजको डेलीभरी नभएको गुनासोग गरिएको छ । नेपाल प्रतियोगीताको सान भनेर सर्वत्र चर्चा कमाएका निसान भट्टराईलाई गरेका दर्जनौ म्यासेजनहरुको डेलिभरी रिपोर्ट नआएको भन्दै सामाजीक सञ्जालहरुमा प्रतिकृयाहरु आइरहेका छन् । पत्रकार कुसुम भट्टराईले फेसबुकमा लेखेका छन् निसानलाई गरेको म्यासेजहरु डेलिभरी भइरहेका छैनन्, नियोजीत रुपमा निसानलाई आउट गराउन चाल रिचींदै छ । 
फेसबुकमानै अर्का शिव थापामगरले पनि निसान भट्टराईलाई भोटीङ गरेपनि डेलिभरी रिपोर्ट नआएको गुनासो गरेका छन् । नेपालमा सर्वाधीक रुचाइएको यस्ता प्रतियोगीताको बिश्वसनीयतामा पटक पटक शंका गरिरहदा कार्यक्रमका आयोजकहरु मौन रहेका छन् । सामाजीक सञ्जालहरुमा उव्जीएका यस्ता बिषयहरुलाई सम्बोधन नगरी एक्लौटी ढंगले निर्णय गदैं जानेहो भने यस्ता कार्यक्रमको विश्वसनीयता मात्र होइन सफलतामा समेत बिश्राम लाग्न सक्छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video