मनाेरञ्जन/रोचक
Aug 25, 2017
नेपाल आइडलबाट एक मात्र महिला प्रतियोगी सुजाता पाण्डे बिदा भइन्, नेपाल आइडलमा दोस्रो हुनेले १५ लाख र तेस्रो हुनेले १० लाख पाउने
काठमाडौं । भदौ ९ । नेपाल आइडल प्रतियोगिताकी एक मात्र महिला प्रतियोगी सुजाता पाण्डे उत्कृष्ट ४ बाट आउट भएकी छन् । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल का बाँकी सवै पुरुष प्रतियोगी मात्र रहेका छन् । नेपाल आइडलको आज भएको एलीमेसन राउन्डमा दर्शकको भोटका आधारमा सुजाता आउट भएकी हुन् । दर्शको भोटको आधारमा बटम थ्रि मा परेका बुद्ध लामा, प्रताप दास र सुजाता पाण्डे मध्य सबै भन्दा कम भोट पाएर सुजाता आउट भएका हुन् । सुजाता संग आज बटम थ्रिमा पर्ने प्रताप दास यो संगै चौथोपटक र बुद्ध लामा पहिलो पटक बटम थ्रिमा परेका हुन् । 
नेपाल आइडलबाट आउट भएपछी सुजाताले आफुले नेपाल आइडल जितेको बताइन् । उनले भनिन् नेपाल आइडलमा सबै भन्दा पछि सम्म रहिरकेकी मैले महिलाको तर्फबाट आइडल जितेकी छु । 
सुजाता आउट भएपछी नेपाल आइडलमा सागर आले, बुद्ध लामा, निसान भट्टराई, र प्रताप दास उत्कृष्ट ४ मा पर्न सफल भएका छन् । उत्कृष्ट चार मध्य आगामी हप्तामा एक प्रतियोगि आउट भएपछि नेपाल आइडलको प्रतियोगितामा रहने दोस्रो र तेस्रो हुने प्रतियोगिलाई नगद सहितको पुरस्कार घोषणा गरिएको छ । नेपाल आइडलको दोस्रो स्थानमा रहने प्रतियोगिले १५ लाख र तेस्रो हुनेले १० लाख पाउने आज घोषणा गरिएको छ ।  
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video