मूर्ति सेलाउने बिषयमा बिबाद हुँदा कपिलवस्तुमा अनिश्चितकालीन कफ्र्यु  |  नक्कली नोट छाप्ने मेसिन सहित ५ जनाको गिरोह पक्राउ  |  दशैँपछि राजधानीमा चहलपहल सुरु,दशैंमा बढी भाडा असुलगर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही  |  यसरी मनाउँदैछन शीर्ष नेताले दशै  |  नेपाल प्रहरीले काठमाण्डौंमा अस्टमी देखि टिकाको दिन सम्म निशुल्क बस सञ्चालन गर्ने, कहाँ कहाँ चल्छ बस ? रुट सहित  |  थाहा पाइराख्नुहोस IVR मार्फत नेपाल टेलिकमको निशुल्क पाईने सुबिधाहरु  |  दशैं पछि माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै  |  सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु  |  पूर्वसांसदले गरे आत्महत्या  |  दुखद घटना, आज बिहानै जिप दुर्घटना,दशैंमा घर जाँदै गरेका दुईको मृत्यु
मनाेरञ्जन/रोचक
Aug 30, 2017
नेपाल आइडलका आयोजकले पारिश्रमीक दिंदा महिला र पुरुषलाई बिभेद गरेको खुलासा, कम परिश्रमीक पाउनेमा इन्दीरा जोसी र रिमा विश्वकर्मा, हेर्नुस आइडलबाट मासिक कस्ले कति तलब बुझछन् ?
काठमाडौं । भदौ १४ । एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल अव लगभग अन्तीम चरणमा पुगेको छ । नेपाल आइडलको ग्रान्ड फाइनल कार्यक्रम कतारमा गर्ने आयोजकले टुंगो लगाइसकेका छन् । आइडल बिजेताले २० लाख नगद सहित महिन्द्रका एउटा कार समेत पाउने छन् भने दोस्रो र तेस्रो स्थान पाउने दुई प्रतियोगिले पनि १५ लाख र १० लाख पाउने निश्चीत भएको छ । नेपाली टेलिभिजन सो मध्यमा यो सर्वाधीक पुरस्कार राशीको कार्यक्रम हो । 
नेपाल आइडलको चर्चा संगै त्यसका निर्णायक मण्डल र कार्यक्रम सञ्चालकहरुको पनि चर्चा त्यतीनै छ । निर्णायकहरु पनि बेला बेलामा प्रतियोगिताको पक्ष लिने र उनिहरुकै पक्षमा भोट माग्ने गरेको भन्दै आरोप पनि खेप्दै आइरहेका छन् । चर्चा र आलोचनाका बिच कार्यक्रमका निर्णयक मण्डल र कार्यक्रम सञ्चालकद्धयको पारिश्रमीकको बारेमा सवैलाई चासो लाग्नु स्वभावीक हो । हामीले त्यो चिन्ता र चासोलाई निवारण गर्न यहाँ उनिहरुको तलबका बारेमा जानकारी दिन भइरहेका छौं । 
चर्चीत टेलिभिजन शो नेपाल आइडलका आयोजकहरुले पारिश्रमीक दिंदामा र्निणायक भुमिकामा रहेकी इन्दीरा जोसी र कार्यक्रम उदघोषिका रिमा विश्वकर्मालाई कम पारिश्रमीक दिंदै आएको खुलासा भएको छ । एउटै मञ्चको र्निणायक भुमिकामा रहेका काली प्रसाद बास्कोटा र न्युहु बज्राचार्य भन्दा इन्दीराले कम पारिश्रमीक बुझदै आइरहेकी रहिछन् । त्यस्तै नेपाल आइडलमा संगै उद्घोषण गर्ने शुसिल नेपाल भन्दा रिमा विश्वकर्माले प्रति महिना २० हजार कम पारिश्रमीक पाँउदै आइरहेकी छन् । 

Image result for nepal idol  sushil nepal and rima bishwokarma 2017
 
नेपाल आइडलका तिन निर्णायक मध्य सवै भन्दाकम तलब इन्दीरा जोसीले पाँउदै आइरहेकी छन् । इन्दीराले नेपाल आइडलको प्रत्यक सो बापत २० हजार नेपाली पाँउदै आइरहेकी छन् महिनामा ४ वटा टेलिभिजन शो प्रशारण भएबापत उनले मासिक ८० हजार पाउँदै आइरहेकी छन् । त्यस्तै कालीप्रसाद बास्कोटाले प्रति शो ३० हजार पाँउदै आइरहेका छन् । कालीले महिनामा ४ वटा टेलिभिजन शो प्रशारण भएबापत १ लाख २० हजार रुपयाँ पाँउदै आइरहेका छन् । त्यस्तै कार्यक्रमका मुख्य निर्णयक न्युहु बज्राचार्यले प्रति शो ४० हजार रुपयाँ पारिश्रमीक पाँउदै आइरहेका छन् । महिनामा चार टेलिभिजन शो प्रशारण हुंदा न्युहुले १ लाख ६० हजार पारीश्रमीक बुझदै आइरहेका छन् । 
यता कार्यक्रम सञ्चालक रिमा विश्वकर्माले प्रति टेलिभिजन शो बापत १० हजार पारिश्रमीक पाँउदै आइरहेकी छन् । महिनामा ४ वटा शो गर्दामा रिमाले ४० हजार पारिश्रमीक पाँउदै आइरहेकी छन् । त्यस्तै कार्यक्रमका अर्का सञ्चालक शुसिल नेपालले नेपाल आइडलको प्रति शो कार्यक्रममा उदघोषण गरेवापत १५ हजार पाँउदै आइरहेका छन् । शुसिलले ४ वटा टेलिभिजन शो प्रशारणबापत मासिक ६० हजार पारिश्रमीक पाँउदै आइरहेका छन् । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video