मनाेरञ्जन/रोचक
Sep 06, 2017
नेपाल आइडलको भोटिङ अव निशुल्क
काठमाडौं । भदौ २१ । नेपाल आइडलका प्रतियोगितालाई नेपालबाट भोटीङ अब निशुल्क गर्न पाइने भएको छ । यस अघि बिदेशमा नेपाल आइडलको एप्स डाउनलोड गरेर निशुल्क भोट गर्न पाउने व्यवस्था हुंदै आएको थियो भने नेपालबाट एसएमएसबाट मात्र मतदान गर्ने व्यवस्था गरिएको थियो । जसका लागि प्रति एससएमएस झण्डै ७ रुपयाँ तिर्नुपर्ने थियो । 
No automatic alt text available.
गत हप्ताको एपीसोडमा चार प्रतियोगी मध्य एक प्रतियोगी बाहिरीने आयोजकले बताएका थिए। तर आइडलका जर्जहरुले बिशेष अधिकार प्रयोग गरेको भन्दै चारै जनालाई सुरक्षित गरे । आयोजकले त्यस हप्तामा पाएको भोटलाई सुरक्षित राख्दै पुन अर्को हप्ता मत दिन आग्रह गरेपछि सामाजीक सञ्जाल देखि सर्बत्र नेपाल आइडलको बिरोध भएको थियो । 
३४ लाख बढी मतदाताले दिएको मतको अबमुल्यन गरेको भन्दै सामाजीक सञ्जालहरुमा बिरोध मात्र भएन आइडल बिरुद्ध अदालतमा मुद्धा समेत दायर गरिएको छ । सर्बत्र आलोचना भएपछि नेपाल आइडलका आयोजकहरुले यस हप्ता नेपालबाट पनि नेपाल आइडलको एप्स डाउनलोड गरेर मतदान गर्ने व्यवस्था गरेका छन् । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video