मनाेरञ्जन/रोचक
Sep 08, 2017
नेपाल आइडलका उत्कृष्ट तिनलाई लाखौं पुरस्कार छाडेर सागर आले ओपो फोन बोकेर नेपाल आइडलबाट बिदा भए
काठमाडौं । भदौ २३ । नेपाल आइडल प्रतियोगिताको उत्कृष्ट तिन बाट सागर आले बिदा  भएका छन् । उत्कृष्ट तिन मध्यबाट अघिल्लोसाता दर्शकले दिएको भोटको आधारमा सागर बाहिरिएका हुन् । नेपाल आइडलको अघिल्लो एपीसोडमा उत्कृष्ट तिन छनौट गर्ने कार्यमक्रम रहेपनि जर्जले बिशेष अधिकार प्रयोग गरी चारै प्रतियोगिलाई सुरक्षित राखेपछि नेपाल आइडलको बिषय अदालत सम्म पुगेको थियो । आजै मात्र जिल्ला अदालत काठमाडौंले नेपाल आइडलको बिषयमा परेको रिटको खारेजी गरेपछि आयोजकले अघिल्लो साता दर्शकले दिएको भोटको आधारमा उत्कृष्ट तिन छनौट गरेका हुन् । 
नेपाल आइडलबाट बाहिरिएपछि सागरले नेपाल आइडल अत्यन्त पारदर्शी रुपमा सञ्चालन भइरहेको भन्दै आफु बाहिरीएपनि त्यसलाई बिरोध नगर्न आग्रह गरे । आलेले भने म भन्दा उहाँहरु निकै राम्रो गायक हुनुहुन्छ त्यसैले उहाँहरु उत्कृष्ट तिनमा पर्न सफल हुनुभएको छ उहाँहरुलाई बधाई छ । नेपाल आइडल नभइदिएको भए आज यो ठाँउमा पुग्न नसक्ने भन्दै सागरले आयोजकलाई धन्यवात समेत दिए । 
सागर आउट भएपछि कार्यक्रमका अतिथि जर्ज बिनोद चौधरीले दुख व्यक्त गदै आफनो आगामी एल्बममा सागरले गित गाउन लगाउने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल आइडलको उत्कृष्ट तिनमा बुद्ध लामा, प्रताप दास र निसान भट्टराई पुग्न सफल भएका छन् । नेपाल आइडलको बिजेताले २० लाख नगद, लक्जरी कार, १५ लाख बराबरको एल्बम निकाल्ने सम्झौता प्राप्त गर्ने छन भने दोस्रो स्थानमा रहने प्रतियोगिले १५ लाख र तेस्रो हुनेले १० लाख पाउने छन् । उत्कृष्ट चार छनौटमा कुनै दर्शकले पठाएको भन्दै न्युहु बज्राचार्यले सुजाता पाण्डेलाई मञ्चमानै ५० हजार नगद दिएर बिदा गरेका थिए । तर सागर लगभग ३० हजार मुल्य पर्ने ओपो मोवाइल बोकेर घर र्फकिएका हुन् । नेपाल आइडलको ग्रान्ड फाइनल सेप्टेम्बर २२ मा हुंदैछ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video