कृषि/प्रविधि
Sep 10, 2017
शिवपुरीमानै पहिलो पटक कृषि हाटबजार सञ्चालन, हाटबजारमा लाखौंको कृषि कारोबार,
काठमाडौं । भदौ २५ । शिवपुरी गाँउपालीकामानै पहिलो पटक कृषि हाटबजार सञ्चालन भएको छ । शिवपुरी गाँउपालीका वडा नं ६ समुन्द्रदेवीको पुरानो गाँउ विकास समितिको भबन रहेको स्थानमा भएको हाटबजारबाट लाखौंको कारोबार भएको छ । 
समुन्द्रादेवी स्थीत समुन्द्रादेवी खोलेगाँउ कृषी बहुउदेश्यीय सहकारीले ७ औ बार्षिकोत्सबको अवसरमा सञ्चालन गरेको उक्त हाटबजारमा स्थानीयबासीहरुले आफनो कृषि उत्पादनहरु बिक्री गरेका थिए ।
सहकारीको ७ औ साधारण सभा तथा हाटबजारको उदघाटन गदै गैरसरकारी संस्था महासंघ नुवाकोटका पुर्व अध्यक्ष तथा समाजसेवी पदम उप्रेतीले कृषि हाटबजारले कृषकहरुलाई उत्साहीत बनाएको बताँउदै हाटबजारले कृषि क्षेत्रको बिकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उप्रेतीले हाटबजारले समृद्ध शिवपुरीको बिकास र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने बताए । 
हाटबजारको अवलोकनका लागि जिल्लामा क्रियाशील गैरसरकारी संस्थाका प्रतिनिधि तथा शिवपुरी गाँउपालीका भित्र कृयाशील सामाजीक संस्था र सहकारीका प्रतिनिधिहरुको उपस्थीति रहेको हाम्रा सहकर्मी हरीराम भेटुवालले जानकारी दिए ।  
समुन्द्रादेवी खोलेगाँउ कृषी बहुउदेश्यीय सहकारीका अध्यक्ष बिष्णु श्रेष्ठले हाटबजार प्रत्यक महिनामा एक पटक सञ्चालन गरीने बताँउदै आवश्यकता हेरी हाटबजार हप्तामा एक पटक सञ्चालन गर्न सकिने बताए । श्रेष्ठले एक घर एक सहकारीको रुपमा बिस्तार गदै गाँउमानै उत्पादीत कृषि बस्तुहरुलाई सहकारीले हाटबजारको माध्यमबाट बजारीकरण गरी आयआर्जन र जिबीकोपार्जनमा सहज हुने बताए । 

dfsf




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video