गृहमन्त्रीबाट ‘ईकाई प्रमुख सम्मेलन २०७५’ को उद्घाटन  |  पहिलो रास्ट्रीय झण्डा दिवस २०७५ सम्पन्न  |  सत्तापक्ष नेकपालाई फुटाएर भएपनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने किराँतीको घोषणा  |  सरकार सही बाटोमा हिडेको छ ः प्रम ओली  |  नेपालबाट एकाएक गायब भएको ३३ किलो सुन ११ महिना पछि भारतमा भेटीयो, यसरी सुन बरामद भयो  |  कांग्रेस नेता भन्छन्–सरकारले निर्मलाकाे हत्यारालाई बचायो, ओलीले संविधान चपाउन थाले !  |  नेकपा स्थायी कमिटी बैठक : ओली–प्रचण्डको राजनीतिक प्रतिवेदन पेश  |  नुवाकोटमा आइचर दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो, १५ बढी घाईते  |  नुवाकोटको घ्याङफेदीमा आइचर दुर्घटना, दुई दर्जन बढीको मृत्यु भएको आशंका, प्रहरी घटना स्थलमा पुग्दै  |  नुवाकोटमा केहि बेर अघि आईचर दुर्घटना केही मानिसको मृत्यु भएको आसंका, प्रहरी घटना स्थलमा पुग्दै
स्थानीय सरकार
Sep 19, 2017
प्रदेश नं २ का १० प्रारम्भीक मतपरिणाम आउन थाल्यो, कुन दलको अवस्था कस्तो छ ?
काठमाडौँ  असोज ३ । प्रदेश नं २ मा मतगणना सुरु भएको छ । १३६ स्थानीय निकाय मध्य अघिकंसमा मतगणना सुरु भएको हो । सर्लाहीको बलरा, रामगोपालपुर, धनुसाको मिथिला, बिहारी र गणेशमान, सप्तरीको सप्तकोसी, रौतहटको गौर र सिराहको लहानका मतदान केन्द्रको मतगणना जारी रहेको छ । सप्तरीको सप्तकोसी नगरपालीकाको प्रारम्भीक मतपरिणाम सार्वजनीक भएको छ । जस अनुसार नेकपा एमालेका मेयरका उम्मेद्धवारले ९१, उपमेयरले ९०, नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवारले ४६ र उपमेयरका उम्मेदवारले ४५ मत प्राप्त गरेका छन् । त्यस्तै फोरम लोकतान्त्रीकका मेयरका उम्मेदवारले २४ र उपमेयरका उम्मेदवारले २१ मत पाएका छन् ।
सिराहाको कल्याणपुर नगरपालिका
नेपाली काँग्रेसका उम्मेदवार ४९ मत
राष्ट्रिय जनता पार्टी ४३ मत 
समाजवादी फोरम र माओवादीको समान ३÷३ मत एमालेका उम्मेदवारको १ मत 
उपप्रमुख तर्फ 
काँग्रेसको ४९ मत, 
राजपाको ४१ मत, 
माओवादीको ३ मत
र फोरमको ३ मत 

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका
कूल ६१ मत गनेर सकिएको छ । 
फोरमले प्रमुख र उपप्रमुख दुबै पदमा समान २६÷२६ काँग्रेसको समान १३÷१३ मत 
र माओवादीको पनि समान १२÷१२ मत
एमालेको अध्यक्षमा ९ र उपाध्यक्षमा १० मत

बाराको बारागढी गाउँपालिकामा 

कांग्रेसका देवदत्त बछारले २०५ ल्याएर प्रारम्भिक अग्रता लिएका हुन्। उनलाई फोरम नेपालका उम्मेद्वारले १५४ मतका साथ पछ्याइरहेका छन्।

एमालेका उम्मेद्वार सीताराम चौधरीले भने १ सय २८ मत प्राप्त गरि तेस्रो स्थानमा छन्। १३ हजार १ सय ७२ मतदाता रहेको बारागढीमा ८१.०५ प्रतिशत मतदान भएको थियो।
 

सिरहाको कर्जन्हा नगरपालिकामा माओवादी केन्द्रले प्रारम्भिक अग्रता लिएको छ।

प्रारम्भिक मतगणना अनुसार नेकपा माओवादी केन्द्रका गंगा पासवानले २९८ मत ल्याएका छन्। नेकपा एमालेका मदयाल महतोले २०२ मत पाएका छन् भने नेपाली कांग्रेसका विजयकुमार मोरवैताले १५८ मत ल्याएका छन् । उपमेयरमा पनि माओवादी केन्द्रले नै प्रारम्भिक अग्रता लिएको छ।

 


रौतहटको गौर नगरपालिकामा एमालेका मेयर उम्मेदवारले अग्रता लिएका छन्।

एमालेले १ सय २४ मत ल्याएर अग्रता लिएको छ भने उसलाई राष्ट्रिय जनता पार्टीले ५२ मतका साथ पछ्याइरहेको छ।

मुख्य निर्वाचन अधिकृत लेखनाथ ढकालका अनुसार, अहिलेसम्म २ सय मत गनेर सकिएको छ। वडा नम्बर १ र २बाट मतगणना सुरु भएको छ। यहाँ राती साढे१२ बजे देखि मत गणना सुरु भएको थियो



रौतहटको गौर नगरपालिकामा एमालेका मेयर उम्मेदवारले अग्रता लिएका छन्।

एमालेले १ सय २४ मत ल्याएर अग्रता लिएको छ भने उसलाई राष्ट्रिय जनता पार्टीले ५२ मतका साथ पछ्याइरहेको छ।

मुख्य निर्वाचन अधिकृत लेखनाथ ढकालका अनुसार, अहिलेसम्म २ सय मत गनेर सकिएको छ। वडा नम्बर १ र २बाट मतगणना सुरु भएको छ। यहाँ राती साढे१२ बजे देखि मत गणना सुरु भएको थियो
 

रौतहटको माधवनारायण नगरपालिकामा संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालका उम्मेदवारबिच प्रतिष्पर्धा देखिएको छ।

यहाँ मुख्य तीन राजनीतिक दल भने मतगणनाको प्रारम्भिक रिपोर्टमा पछाडि देखिएका छन्। फोरम नेपालका वीरेन्द्र प्रसाद यादव अगाडी अगाडी छन् भने राजपाका लीलाप्रसाद तेलीले पछ्याइरहेका छन्।

 

हरिवन नगरपालिकाको प्रमुख पदको ताजा मत परिणाम :
नेकपा एमाले -२०९
माओवादी केन्द्र -१७२

नेपाली काङ्ग्रेस -१०२



अन्य स्थानका पनि प्रारम्भीक मतपरिणाम आउने क्रम भइरहेको छ हामी अपडेट गदै जानेछौं ।   
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video