गृहमन्त्रीबाट ‘ईकाई प्रमुख सम्मेलन २०७५’ को उद्घाटन  |  पहिलो रास्ट्रीय झण्डा दिवस २०७५ सम्पन्न  |  सत्तापक्ष नेकपालाई फुटाएर भएपनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने किराँतीको घोषणा  |  सरकार सही बाटोमा हिडेको छ ः प्रम ओली  |  नेपालबाट एकाएक गायब भएको ३३ किलो सुन ११ महिना पछि भारतमा भेटीयो, यसरी सुन बरामद भयो  |  कांग्रेस नेता भन्छन्–सरकारले निर्मलाकाे हत्यारालाई बचायो, ओलीले संविधान चपाउन थाले !  |  नेकपा स्थायी कमिटी बैठक : ओली–प्रचण्डको राजनीतिक प्रतिवेदन पेश  |  नुवाकोटमा आइचर दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो, १५ बढी घाईते  |  नुवाकोटको घ्याङफेदीमा आइचर दुर्घटना, दुई दर्जन बढीको मृत्यु भएको आशंका, प्रहरी घटना स्थलमा पुग्दै  |  नुवाकोटमा केहि बेर अघि आईचर दुर्घटना केही मानिसको मृत्यु भएको आसंका, प्रहरी घटना स्थलमा पुग्दै
स्थानीय सरकार
Sep 19, 2017
माओवादी केन्द्रका दुई वडा अध्यक्षमा बिजयी
 काठमाडौँ  असोज ३ । प्रदेश नं २ मा मतगणना जारी रहेको छ । १३६ स्थानीय निकाय मध्य अघिकंसमा मतगणना सुरु भएको छ भने केहि स्थानीय तहमा सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भइरहेको हाम्रा त्यहाँ स्थीत समाचारदाताहरुले जनाएका छन् । 

प्रारम्भीक मतपरिणाम अनुसार प्रदेश नं २ मा माओवादी केन्द्रका दुई वडा अध्यक्ष सहित प्यानलै बिजयी भएका छन् ।  सिराहको कर्जन्हा नगरपालीका का वडा नं १ र  धनुसाको गणेशमान चारनाथ नगरपालीका वडा नं ११ मा पुरै प्यानल बिजयी भएका हुन् । 
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ को अध्यक्षमा माओवादी उम्मेदवार सत्यनरायण दनुवार विजयी भएका छन्। उनीसहित वडामा माओवादीको प्यानलै विजयी भएको हो। दनवारले १९४ मत ल्याएर विजयी भएका हुन्। उनले नेपाली कांग्रेसका उम्मेद्वारालाई पछि पार्दै विजयी भएका हुन्। यस्तै नगरपालिकाको मेयरमा पनि माओवादीले नै अग्रता लिएको छ।
यता  सिरहाको कर्जन्हा नगरपालिका वाड नम्बर १ मा माओवादीका मोहन केसीको प्यानल नै विजयी भएको हो।  केसीले ३ सय ४२ मत पाएको निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले बताए । कर्जन्हा नगरपालिका साविकको सिरहा क्षेत्र नम्बर पाचमा पर्छ । यो क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोश्रो संविधानसभामा विजयी भएका थिए । यो वडामा मेयरमा भने एमालेले चार मतले अग्रता लिएको छ  ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video