स्थानीय सरकार
Sep 19, 2017
प्रदेश नं २ को ८ वडाको सार्वजनीक भएको मतपरिणाम मध्य ४ मा माओवादी केन्द्र बिजयी, कहाँ कहाँ जित्यो ?
काठमाडौँ  असोज ३ । प्रदेश नं २ मा मतगणना जारी रहेको छ । १३६ स्थानीय निकाय मध्य ८ वटा वडाको मतपरिणाम सार्वजनीक भएको छ । आठ मध्य चारवटा वडाको अध्यक्ष सहित प्यानलै माओवादी केन्द्रले जितेको छ । माओवादी केन्द्रका चार वडा अध्यक्ष सहित प्यानलै बिजयी भएका छन् ।  सिराहको कर्जन्हा नगरपालीका का वडा नं १ र  धनुसाको गणेशमान चारनाथ नगरपालीका वडा नं ११ मा पुरै प्यानल बिजयी भएका हुन् । 
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ को अध्यक्षमा माओवादी उम्मेदवार सत्यनरायण दनुवार विजयी भएका छन्। उनीसहित वडामा माओवादीको प्यानलै विजयी भएको हो। दनवारले १९४ मत ल्याएर विजयी भएका हुन्। उनले नेपाली कांग्रेसका उम्मेद्वारालाई पछि पार्दै विजयी भएका हुन्। यस्तै नगरपालिकाको मेयरमा पनि माओवादीले नै अग्रता लिएको छ।
यता  सिरहाको कर्जन्हा नगरपालिका वाड नम्बर १ मा माओवादीका मोहन केसीको प्यानल नै विजयी भएको हो।  केसीले ३ सय ४२ मत पाएको निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले बताए । कर्जन्हा नगरपालिका साविकको सिरहा क्षेत्र नम्बर पाचमा पर्छ । यो क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोश्रो संविधानसभामा विजयी भएका थिए । यो वडामा मेयरमा भने एमालेले चार मतले अग्रता लिएको छ  ।
बाराको देवताल गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ। वडाध्यक्षमा माओवादी उम्मेदवार पवनलाल साह कलवार ४८१ मत ल्याएर विजयी भएका छन् ।
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ। वडाध्यक्षमा माओवादी उम्मेदवार सञ्जय साह विजयी भएका छन् ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video