गृहमन्त्रीबाट ‘ईकाई प्रमुख सम्मेलन २०७५’ को उद्घाटन  |  पहिलो रास्ट्रीय झण्डा दिवस २०७५ सम्पन्न  |  सत्तापक्ष नेकपालाई फुटाएर भएपनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने किराँतीको घोषणा  |  सरकार सही बाटोमा हिडेको छ ः प्रम ओली  |  नेपालबाट एकाएक गायब भएको ३३ किलो सुन ११ महिना पछि भारतमा भेटीयो, यसरी सुन बरामद भयो  |  कांग्रेस नेता भन्छन्–सरकारले निर्मलाकाे हत्यारालाई बचायो, ओलीले संविधान चपाउन थाले !  |  नेकपा स्थायी कमिटी बैठक : ओली–प्रचण्डको राजनीतिक प्रतिवेदन पेश  |  नुवाकोटमा आइचर दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो, १५ बढी घाईते  |  नुवाकोटको घ्याङफेदीमा आइचर दुर्घटना, दुई दर्जन बढीको मृत्यु भएको आशंका, प्रहरी घटना स्थलमा पुग्दै  |  नुवाकोटमा केहि बेर अघि आईचर दुर्घटना केही मानिसको मृत्यु भएको आसंका, प्रहरी घटना स्थलमा पुग्दै
स्थानीय सरकार
Sep 21, 2017
चार स्थानीय निकाय र दुई सय ८० वडाको परिणाम आयो, आज बिहान सम्म कुन पार्टीले कति जिते ?
काठमाडौं । असोज ५ । स्थानीय तह निर्वाचन प्रदेश नम्बर २ मा मतगणना जारी रहेको छ । जारी मतगणना अनुसार अहिलेसम्म ४ वटा स्थानीय तह तथा दुई सय भन्दा बढी वडाको मत परिणाम सार्वजनिक भइरहेको छ । चार स्थानीय निकायको सार्वजनीक भएको अन्तीम मतपरिणाम अनुसार रापजा, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र नेकपा एमालेले एक÷एक स्थानीय तहमा विजयी हाशिल गरिसकेका छन् । बिजेता तिन पार्टीका उम्मेदवार मध्य संघीय समाजवादी फोरमबाहेक सबैले नगरपालिकामा मेयर र उपमेयर दुबै जितेका हुन् ।
प्रदेश नं दुईको पहिलो मेयरमा राजपाले जित हाँसील गरेको छ ।  धनुषाको हंसपुर नगरपालिकामा  राजपामा उम्मेदवार रामज्ञान मण्डल विजयी भएका छन् । उनले ३३२० मत पाएका छन् । उनका निकटतम् प्रतिष्पर्धी कांग्रेस उम्मेदवारले ३२१९ मत पाएका थिए। निर्वाचन अधिकृत जीवनाथ पोखरेलका अनुसार नगरपालिकाको उपमेयरमा पनि राजपाकी उम्मेदवार रेणु झा विजयी भएकी छन्। उनले ३२७६ मत पाइन् २१ हजार मतदाता रहेको यो नगरपालिकामा १५ हजार ८ सय ४९ मत खसेको थियो। 
त्यस्तै, नेकपा एमालेले पनि सप्तरीबाट प्रदेश नम्बर २ मा विजयी खाता खोलेको छ । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकामा एमालेका उम्मेदवार उतम कुमार शर्मा ४३ सय ६१ मत मत सहित विजयी भएका हुन् । उनले आफ्ना निकटम प्रतिस्पर्धी माओवादीका ध्रुब कार्कीले ३६ सय ९० मत आएको निर्वाचन अधिकारी राजेन्द्र कुमार लम्सालले जानकारी दिए । लम्सालका अनुसार उपप्रमुखमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन ्। उपप्रमुखमा एमालेकी आशा चौधरी ४ हजार ४ सय ६२ मत सहित विजयी भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी माओवादीकी राज कुमारी चौधरी ३ हजार ८ सय ८६ मत ल्याइन्।
त्यस्तै, सिरहाको कर्जन्हा नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका गंगा पासवान मेयरमा र उपमेयरमा पार्वती श्रेष्ठ विजयी भएका हुन्। २ नं प्रदेशमा माओवादीको यो पहिलो जीत हो। मेयरमा गंगा पासवान ४ हजार ३०९ मतसहित विजयी भएका छन्। यसैगरी उपमेयरमा ज्ञानुकुमारी श्रेष्ठ ४ हजार ३१३ मतसहित विजयी भएकी छन्। मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामदियाल महतोले ३ हजार १९० र उपमेयरमा एमालेकै अञ्जु रायले २ हजार ९४५ मत पाए। कर्जन्हाका ११ मध्ये ९ वटा वडामा माओवादी केन्द्र विजयी भएको छ। वडा नम्बर २ र ६ एमालेले र बाँकी सबै वडा माओवादी केन्द्र ले जितेको हो। कर्जन्हा सिरहाको साविक क्षेत्र नम्बर पाँचमा पर्छ । कर्जन्हा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा पर्दछ । कर्जन्हा नगरपालिकामा कुल १५ हजार ४७४ मतदातामध्ये १२ हजार १३२ मत खसेको थियो । यो क्षेत्रबाट दोस्रो संविधान सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका थिए ।
यता, संघीय समाजवादी फोरमले सिरहाबाट विजयी खाता खोलेको छ । सिरहाको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा समाजवादी फोरमका जागेश्वर यादव विजयी भएका हुन्। उनले १ हजार ९ सय ४० मत ल्याएका छन्। उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका सत्यनारायण यादवले १ हजार २ सय ८० मत ल्याएका छन्। उपाध्यक्षमा पनि समाजवादी फोरमकै अरहुलादेवी सिंह विजयी भएकी छन्। उनले २ हजार ७ मत पाएकी छन्। उनकी निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रकी ललितादेवी यादवले १ हजार २ सय २० मत पाएकी छन् ।वडा नम्बर एकमा माओवादी केन्द्र, दुईमा राजपा ,तीन,चार र पाँचमा समाजवादी फोरमले जितेको छ ।
यता, जारी मतगणना अनुसार हाल सम्म झण्डै ३ सय जति वडाको मतपरिणाम आइसकेको छ । जस अनुसार सप्तरी जिल्लाका १८, सिरहाका ३५, धनुषाका ४२, महोत्तरीका ३०, सर्लाहीका ४४, रौतहटका ३६, बाराका ३१ र पर्सा जिल्लाका १३ वटा सहितको परिणाम सार्वजनीक भएको हो । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video