नेपालमा लागुऔषध प्रयोगकर्ता बढदैे ! एकै दिन अबैध लागुऔषध सहित १५ युवक पक्राउ  |  निशुल्क स्वास्थ्य शिविर सम्पन्न  |  लोकसेवा तयारीमा यस्ता सम्म प्रश्न ! लोकसेवा पास गरेका कर्मचारी किन नहुन त खुरापाती  |  नुवाकोटमा तत्काल एम्बुलेन्स चाहियो ? नुवाकोटमा ९ संस्थाद्धारा सञ्चालीत यिनै हुन एम्बुलेन्सहरु ( फोन नं सहित)  |  १५६६ कर्मचारीको मात्र समायोजन ! समायोजन किन सकस बन्दैछ ?  |  आज फागुन ४ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गोरखाका रामु तामाङलाई दु ब ई मा वेष्ट इम्प्लोई २०१८ को उपाधी  |  महिला पत्रकारमाथी सिडियोले कार्यकक्षमैगरेको दुर्व्यबहारप्रति प्रेस सेन्टरको आपत्ती,सिडियो थापालाई कारबाहीको माग  |  एक वर्षमा त देशको यो हालत छ भने अझै चार वर्ष यसैगरि चलाउँदा देशको हालत झन के होला ? ः गजुरेल  |  एपीएफ टोलीद्वारा करीव ९ के.जी. चरेशसहित दुई जना पक्राउ
मनाेरञ्जन/रोचक
Sep 21, 2017
प्रेमले यसरी भिखारी बनायो वायुसेनाका अधिकृत पवनकुमारलाई
म तिम्रो प्रेममा पागल भएँ । प्रिया अब तिमी मलाई साथ दिन्नौ भने म आत्महत्या गर्छु । तिमी बिना मेरो यो संसारमा केही छैन । प्रिया मलाई एक पटक बुझ्ने कोशिस त गर् ।’ प्रेममा धोका खाएका आम प्रेमिहरुले मुखबाट फुत्त निकाल्ने सबै भन्दा सजिला शब्द यीनै हुन् । तर, ती शब्दमा थोरै सत्य र धेरै काल्पनिकता लुकेको हुन्छ । तर, संसारमा कोही यस्ता प्रेमि पनि छन् ।जो संसारमा साच्चै आफ्नी प्रेमिकाका सामू ठूला–ठूला अवसरहरु पनि गुमाउन तयार हुन्छन् । अनि प्रेममा पागल पनि बन्न सक्छन् । हो भारतमा यस्तै एउटा घटना भएको छ ।
 
 भारतीय वायुसेनाका एकजना अधिकृत अहिले कुनै एक युवतीको प्रेमले भिखारी बनेका छन् । भारतको पञ्जावस्थित पठानकोट सिभिल अस्पतालमा केही दिनअघि जब एउटा अनौठो दृश्य देखियो तब एकजना सडकमा अलपत्र ब्यक्तिलार्इ कारले ठक्कर दिएपछि उपचारका लागि भर्ना गरियो । भारतीय सञ्चारमाध्यमका अनुसार हेर्दै भिखारीजस्ता देखिने ती व्यक्तिको नाम पवनकुमार रहेछ । उनी नेहरु नगरमा बस्दै आएका रहेछन् । सिभिल अस्पतालमा आफ्नो भाँच्चिएको खुट्टाको उपचार गर्न भएका ती व्यक्ति साच्चै प्रेमकै कारण भिखारी बनेका रहेछ । 
 
उनले भिखारी भन्नेहरुलार्इ जवाफ दिँदै आफू कुनै बेला भारतीय एयर फोर्समा कार्यरत रहेको तथ्य खोले र सबैलाई चकित बनाए । एयर फोर्समा कार्यरत आफू युवतीको प्रेममा परेर भिखारी बनेको उनले बताउँदा उनको कहानी सुन्नेहरु पनि भाबुक भएका थिए । युवतीले प्रेममा धोका दिएपछि आफ्नो यस्तो हालत भएको उनको भनाइ थियो । सडकमै बस्दै आएका उनको अहिले पठानकोट अस्पतालमा उपचार चलिरहेको छ । उनको कुरा सुन्न अहिले अस्पतालमा सयौं मानिस जम्मा हुन थालेका छन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video