मनाेरञ्जन/रोचक
Sep 24, 2017
पेट दुखेर अस्पताल भर्ना भएकी २० बर्षीय युवतीको अपरेशन गरेपछि डाक्टरहरू नै चकित

उनलाई उपचारको लागि अस्पताल भर्ना गरियो । युवती निकै कमजोर थिइन् । डाक्टरले भर्ना गरेपछि ती युवतीका विभिन्न टेस्ट गरियो । सिटी स्क्यानको रिपोर्ट जब डाक्टरहरुले देखे उनीहरु एक मिनेटको लागि चकित परे ।

भारतको मुम्बइमा भएको यो घटनाकी पीडित युवतीको पेटमा कपालको गुच्छा थियो । डाक्टरले तत्कालै युवतीको अपरेशन गर्ने सल्लाह दिए । अपरेशनपछि युवतीको पेटबाट डाक्टरहरुले करिब एक किलो कपालको गुच्छा निकाले । यी युवतीलाई कपाल खाने रोग नै रहेको डाक्टरहरुले बताएका छन् ।

यसअघि भारतकै पञ्जाबमा पनि यस्तै घटना भएको थियो । त्यहाँकी एक युवतीले पनि यसैगरी कपाल खाएकी थिइन् । ती युवतीको पेटबाट पनि १ किलो कपाल निकालिएको थियो । ती युवतीलाई पनि यही ‘रपुञ्जेल सिन्ड्रोम’ नामको रोग लागेको बताइएको छ ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video