अपांगता/अल्पसंख्यक
Oct 28, 2017
नेपाल अपाङ्ग महिला संघमा निर्मला धितालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
शर्मिला विश्वकर्मा, काठमाण्डौं १० कार्तिक, नेपाल अपाङ्ग महिला संघको १८ औं वार्षिक साधारण सभा एवं ९ औं अधिवेशन काठमाण्डौंमा सम्पन्न भएको छ ।

Image may contain: 7 people, people smiling, indoor
सो साधारण सभा एवं अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं काठमाण्डौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले पानसमा दिप प्रज्वलन गरेर गर्नु भएको थियो । यसै क्रममा उहाँले काठमाण्डौंमहानगर पालिकाका कार्यक्रमहरुमा अपाङ्गता भएका व्यक्तिहरुको लागि गरिने कार्यक्रमका लागि बजेट छुट्याउने बताउदै अपाङ्गता मैत्री थप साझा बस ल्याउने बताउनु भयो । नेपाल अपाङ्ग महिला संघको १८ औं वार्षिक साधारण सभा एवं ९ औं अधिवेशनले निर्मला धितालको अध्यक्षतामा २ जना सदस्य थप गर्ने गरी हाललाई ७ जनाको नयाँ कार्य समिति चयन गरेको छ । जसमा उपाध्यक्षमा कमला बुढाथोकी, महासचिवमा मिना पौडेल, कोषाध्यक्षतमा अनिता घिमिरे चयन हुनु भएको छ भने सदस्यहरुमा मैया लमसाल, शोभामाया वि।क। र लक्ष्मी देवकोटा रहनु भएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video