अपांगता/अल्पसंख्यक
Nov 23, 2017
अपाङ्ग मैत्री नेपालको पहिलो साधारण सभा सम्पन्न
काठमाण्डौ । अपाङ्ग मैत्री नेपालको पहिलो साधारण सभा सम्पन्न भएको छ । काठमाण्डौको भृकुटी मण्डपस्थित नेपाल पर्यटन बोर्डमा भएको पहिलो साधारण सभामा समदुघाटन गमलामा रहेको फुलमा पानी हालेर प्रमुख अतिथी काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले गनु भयो र सो समारोहमा बोलदै प्रमुख शाक्यले मानव सेवानै धर्म भएको बताउँदै सपाडं मानिसले गर्ने भन्दा अपाङ्गता भएका हरुले समाजको विकासमा राम्रो काम गरेको बताउनु भयो ।

यसैगरी प्रमुख शाक्यले काठमाण्डौ महानगरपालिकाले आफनो सहकार्यमा संचालित साझा बसमा समेत अपाङ्गता भएका क र ख काड हरुलाई निशुल्क यातायतको व्ववस्ता गरको बताउनुभयो ।

कार्यक्रममा बोल्दै राजनीतिज्ञ तथा अपाङ्ग नीलकण्ठ पौडेलले आफुहरु प्रति सरकारले सदैव हेने दृष्टिकोण को बिषयमा आफुहरुको भोटचैं चल्ने तर सरकारी निकायको आफुहरुको विकासमा नोट नचल्ने बताउनु भयो । काठमाण्डौ महानगरलाई स्मार्ट सिटी बनाउन आफुहरु पनि सहयोग गर्न तयार रहेको बताउनु भयो ।
यसैगरी कार्यक्रममा बोल्दै अपाङ्ग एकता आवजका तिल बहादुर कार्कीले समाजमा अपाङ्गता भएर बाच्न साहै नै गाह्रो हुने बताउँदै समाज निर्माणमा अपाङ्गता हरुले पनि सहयोग गर्न सक्ने बताउनु भयो 
बरिस्ठ अतिथि मा का।म।पा।५ का वडाअदक्षय रमेश डगोल ले समाजमा अहिले पनि आफ्नो परिवार मा अपाङ्गता भए पनि बाहिर न चिनाउने रहेको छ यस्तो कुरा बाहिर लिएर आउनु पयो र हामी यश क्षेत्रमा काम को लागि हातेमालो को हामी तयारीमा छु।
सोही कार्यक्रममा बिशेश अतिथि मा बोल्दै सार्थक अभियान नोपलका अध्यक्ष भरत गौतमले अपाङता प्रति भेदभाव नहोस भन्नका लािग आफुहरुले आफनो संस्था ले अपाङ्ग मैत्री बनाएको बताउनु भयो ।
कार्यक्रममा अपाङ्ग मैत्री नेपालले समाजमा योगदान गरेको शिवहरि खनाल, खडग बहादुर खडका, प्रवीण सुनाम, सन्तोष यादव,दीक्षा चापागाईं,सुस्मा लामा,बिमललाल श्रेष्ठ , युबराज थापा, गाविन्द बाँनिया र तिल बहादुर कार्कीलाई सम्मान गरेको थियो ।समापन सभा मा बोल्दै सभापति काजि लाल श्रेष्ठ ले देशका गरिबीको कारण दुखीत पिडा ,जोखिममा परेका अपाङ्गता भएको लागि उनिहरूको घाउमा मलम लगाउने उदेश्यका शुरूवात गरिएको अपाङ्ग मैत्री नेपाल लाई जो जे अवस्था बाट सकेको सहयोग को लागि अपिल गदै आफ्नो निमन्त्रणा लागि सुकार गरि अपाङ्ग मैत्री नेपाल को सफलताको काममा दिनुभएको मा सम्पूर्ण अतिथिहरूलाई धन्यवाद व्यक्त गरे ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video