विचार/अन्तरवार्ता
Dec 12, 2017
यसकारण चुक्नु पर्‍यो नेपाली कांग्रेस

दीपक घिमिरे
कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान, कांग्रेसकै नेतृत्वमा अघी बढ्छ समृद्धिको अभियान’ भन्ने मूल नारा सहित निर्वाचनमा होमिएको नेपाली कांग्रेस अन्ततः बाम गठबन्धनसँग पराजित हुनुपरेको छ । राजनीतिलाई सवल बनाउनको निम्ति हरेक जिल्ला, क्षेत्र र वडा स्तरमा राजनीतिलाई विकास गर्दै लैजान नसक्दा र कांग्रेसको नेतृत्व र नेतृत्व चुन्ने प्रक्रियामा परिवर्तन गर्न नसक्दा नेताले क्रियाशील सदस्य छान्ने र त्यही सदस्यले त्यही नेता चुन्ने अनि उसैबाट शासित भइरहने हास्यास्पद प्रणाली निरन्तर संगठन भित्र भइरहनु, गत स्थानीय निर्वाचनमा संगठनका शिर्ष नेताहरुद्वारा टिकट वितरणमा ठाडो हस्तक्षेत्र गरिनु लगायतले गर्दा नेपाली काङ्ग्रेसले अहिलेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पराजय भोग्नुपरेको अनुमान गर्न सकिन्छ । राजनीतिमा क्रिया पछि प्रतिक्रिया जन्मिन्छ नै ।

नेपाली कांग्रेसको लागि चुनावको हार र जित नयाँ होइन । दुइ तिहाइ बहुमत देखि सामान्य वहुमत सम्मको स्वाद चाख्दै आएको साथै दोस्रो र तेस्रो दलको रुपमा समेत रहँदै त्यसको अनुभव पनि लिइसकेको नेपाली कांग्रेसले भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि दोस्रो स्थान हात पारेको थियो । अहिलेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा तेस्रो स्थान हासिल गरको यस दलले आफ्नो आदर्श भने हारेको छैन ।

नेपालको इतिहासमा बहुदलीय प्रतिष्पर्धाबाट दुइ तिहाई ल्याउने र दुइपटक सामान्य बहुमत ल्याउने पार्टी भनेको नेपाली काङ्ग्रेस नै हो । आगामी दिनमा पनि यो शाख जोगाउन बदलिँदो परिस्थितिसँगै सोही बमोजिम नयाँपनको अभ्यास तथा सफल नेतृत्व चयनमा नेपाली काङ्ग्रेसले विशेष ध्यान दिनु जरुरी छ । यो निर्वाचनमा कांग्रेसको एतिहासिक रुपमै कम मत परिणाम आयो । यो प्रकारको घटना हुने निश्चितै थियो । स्थानीय निर्वाचनको पहिलो ठूलो दल र तेस्रो ठूलो दल एक ठाउँमा उभिएपछि यो खालको परिणाम आउनुलार्इ अन्यथा लिन पनि मिल्दैन । जुन कुरा नेपाली काङ्ग्रेसले पहिले नै विचार गरेकै हुनुपर्ने हे । यद्यपि अहिले यस्तो अवस्थामा नेपाली कांग्रेस उच्च मनोबल बनाएर एक ढिक्का भएर उभियो भने आगामी दिनमा सफलता प्राप्त गर्न सहज हुनेछ । साथै कांङ्ग्रेस भित्र रुपान्तरण जरुरी छ । नेपाली कांग्रेसले आधुनिक काङ्ग्रेस बनाउने संकल्प गर्न जरुरी छ । यो कांग्रेसले हारेको क्षण मात्र होइन, नेपाली काङ्ग्रेस नवीन विजय यात्रा गर्न र आधुनिक काङ्ग्रेस बनाउने दिशामा अघी बढ्नकै निम्ति सुवर्ण क्षण पनि हो भन्ने म ठान्छु । हामीले समग्रमा राष्ट्रव्यापी रुपमा काङ्ग्रेसले कति मत पायो भन्ने हिसाबले पनि हेर्नुपर्छ । समानुपातिकमा काङ्ग्रेस अगाडि नै आउने अवस्था देखिँदैछ । त्यो मतले नेपाली काङ्ग्रेसलाई पक्कै पनि आत्मबल दिने नै छ ।

त्यो आत्मबलले राष्ट्रिय राजनीतिको जटिलता हल गर्न कांग्रेसको साथ लिनैपर्ने बाध्यता बाम गठबन्धनलाई पनि पर्छ । त्यसकारण बाम गठबन्धनको सरकारलाई काङ्ग्रेस बाहिर बसेर पनि सहयोग गर्नुपर्छ, साथै अफ्नै संगठनलार्इ सुदृढ बनाउँदै लैजानु जरूरी छ। सीमांकन र प्रदेशको राजधानी तय गर्दैगर्दा मतभेद उत्पन्न हुनसक्छन् । त्यसमा नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण हुने नै छ । वास्तवमा अहिले कांग्रेसका लागि जटिल मोड आएको छ, तर त्यो जटिल मोड विगतको कांग्रेसका लागि पनि थियो तर अहिले आधुनिक काङ्ग्रेस प्रारम्भ गर्ने थलो भएको हुनाले यो जटिलताको बीचबाट कांगे्रसले अबका दिनमा राम्रो र उत्साही ढंगले तय गर्नेछ ।

अहिले यस हारलार्इ हामीले विगतमा पार्टी सरकार नेतृत्वमा रहँदा भएका प्रधानन्यायाधीश प्रकरण, पार्टी प्रचण्ड नेतृत्वमा सत्तामा सवार भइसकेपछि र पछिल्लो समय सभापति आफैं प्रधानमन्त्री बनेपछि सरकारबाट भए गरेका कामहरुको समीक्षासँग तुलना गरेर समेत हेर्नुपर्ने देखिन्छ । प्रधानन्यायाधीश सुशीला कार्की जो स्वयं प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान गरेकी र काँग्रेस पृष्ठभूमीकै हुन,जसमाथि बिनाकारण संसदमा महाअभियोग प्रस्ताव ल्याउँदै गरेकै अवस्थामा पनि पार्टीले दीर्घकालिन प्रभावलार्इ विचार गरेको भए सायद यस्ता अवस्था अउने थिएन कि रु त्यतिबेला लोकले स्वतन्त्र न्यायपालिकाको वकालत गर्ने काँग्रेसको यो रबैलायाई ‘कुरीकुरी’ गरेर यस अवस्थालार्इ पर्खलान् भन्ने कुरामा पनि पार्टी नेतृत्वले ध्यान पुर्याउन नसकेकै हुनुपर्छ ।

यसबाहेक काङ्ग्रेसले स्थानीय निर्वाचन पार्टीमा लामो समय योगदान गरेका, योग्य र सक्षम स्थानीय नेतालाई टिकट दिनुको सट्टा को कुन व्यवसायमा संलग्न छ रु त्यसै अनुरूप उसको आर्थिक हैसियत मापन गरी टिकट वितरण गरियो । बाँकी रहेका टिकटहरू पनि आफ्ना गुटगत आफन्तलाई टिकट दिइयो ।

जसले गर्दा पार्टी स्थानीय तहमा नराम्ररी पछारियो । केन्द्रीय संसद र प्रदेशसभाको निर्वाचनमा पनि टिकट वितरणमा त्यस्तै भयो । आफन्त, आसेपासे, पार्टीमा पटकपटक अवसर लिएका, जनताले नरुचाएका पुराना अनुहार र हुँदाहुँदा कुटनीतिज्ञका रुपमा देशको प्रतिनिधि भएर विदेशिएका देखि मानव अधिकारको खोल ओढेर राजनीतिक रोटी सेक्न उद्धतहरुले सम्म टिकट हत्याउन भ्याए । यी लगायतका कारण नै काङ्ग्रेस यसरी पतन भएको हो कि ।

                                              ( लेखक नेपाल बिधार्थी संघ नुवाकोटका बिधार्थी नेता हुन ) 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video