तापमान वृद्धिको प्रभावबारे ‘कोप–२५’ मा ध्यानाकर्षण गराउँछौँ : मन्त्री बस्नेत  |  तेह्रौँ साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा  |  सरकारी कार्यालयमा एकैपटक छ सय करार कर्मचारी माग, यसरी गर्नुहोस आवेदन  |  नेपाल नर्सिङ संघको नयाँ कार्य समितिका लागि रानाको नेतृत्वमा संयुक्त पेशागत समूहको उम्मेद्धवारी घोषणा  |  विपद् पहिचानको नक्सा बनाउँदै कामपा  |  अवरुद्ध शिखर सम्मेलन शीघ्र गरेर सार्कलाई पुनर्जीवन दिऔँ : प्रधानमन्त्री  |  उपनिर्वाचनमा सरकारको अनुमोदान भएको छ : नेता अधिकारी  |  आज मिति २०७६ मंसिर २३ गते सोमबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  पुरुष ह्याण्डबलमा पाकिस्तानलाई स्वर्ण  |  नेपाल भ्रमण वर्ष : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने
अपांगता/अल्पसंख्यक
Dec 13, 2017
स्वीडेन र नेपालका अपाङ्गता भएका व्यक्तिको अनुभव आदान कार्यक्रम सम्पन्न
शर्मिला विश्वकर्मा,काठमाण्डौं । विश्व मानव अधिकार दिवस र अपाङ्गता भएका व्यक्तिहरुको २६ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा स्वीडेन र नेपालका अपाङ्गता भएका व्यक्तिहरु विच अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भयो । राष्ट्रिय अपाङ्ग महसंघ नेपालको आयोजना र माइराइटको सहयोगमा काठमाण्डौंमा गरिएको सो अनुभव आदान प्रदान कार्यक्रममा माइराइट नेपालका राष्ट्रिय संयोजक (कार्यक्रम संचालन) शिव रायमाझीले नेपालमा माइराइटले अटिज्म, बौद्धिक अपाङ्गता, हिमोफोलियायुक्त, दृष्टिविहीन, बहिरा तथा सुस्तश्रवण अपाङ्गता भएका व्यक्तिहरुको बैयक्तिक तथा संस्थागत विकासको लागि काम गर्दै आएको बताउनु भयो भने राष्ट्रिय संयोजक (वित्त नियन्त्रक) सुजना शाक्यले अपाङ्गता भएका व्यक्तिद्धारा सञ्चालित केन्द्रीय संस्थाहरु मार्फत राष्ट्रिय स्तरको नीति निर्माणमा र उनीहरुको शिक्षा, स्वास्थ्य तथा रोजगारिका लागि काम गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा नेपाल हिमोफेलिया सोसाइटीका निवर्तमान अध्यक्ष बेदराज ढुङ्गानाले माइराइटसँगको सहकार्यमा हिमोफेलियायुक्त व्यक्तिहरुको स्वास्थ्यको लागि गरिएको सहयोगको लागि माइराइटलाई धेरै धेरै धन्यवाद दिनु भयो भने नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष निर्मला धितालले माइराइटसँग सन् २००७ देखि भएको सहकार्यवाट प्राप्त उपलब्धिहरूलाई स्मरण गर्दै सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभयो । स्वीडेन र नेपालका अपाङ्गता भएका व्यक्तिहरु विच अनुभव आदान प्रदान कार्यक्रममा माइराइट स्वीडेनका कार्यक्रम अधिकृत मिकेलले माइराइट स्वीडेनले विश्वका २३ वटा देशमा अपाङ्गता भएकका व्यक्तिका लागि काम गर्दै आएको र नेपालमा पनि अपाङ्गताको क्षेत्रमा काम गर्न पाउँदा र यहाँ भएका उपलब्धिको वारेमा जानकारी पाउँदा ज्यादै खुशी भएको कुरा व्यक्त गर्दै नेपालको संविधान, २०७२ मा समावेश गरिएको अपाङ्गताको सवाल सम्बन्धी व्यवस्था र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ लाई कार्यान्वयन गर्नको लागि सहकार्य गर्न तयार रहेको बताउनु भयो । युवा मानव अधिकारकर्मी गणेशप्रसाद घिमिरेले सबै सार्वजनिक संरचनाहरु अपाङ्गता मैत्री बनाउनको लागि सबै मिलेर काम गर्नु पर्ने कुरामा जोड दिनु भयो । त्यसै गरि राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रशासकिय व्यवस्थापक मनिष प्रसाईले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ निर्माणको लागि पैरवी र परामर्शका लागि सरकारलाई समेत माइराइटसको सहयोग रहेको पुन स्मरण गराउँदै यसले अपाङ्गता भएका व्यक्तिहरूको जीवन परिवर्तनमा सहयोग पुर्याउने विश्वास लिएको बताउनु भयो । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना तथा माइराइटको सहकार्यमा गरिएको स्वीडेन र नेपालका अपाङ्गता भएका व्यक्तिहरु विच अनुभव आदान प्रदान कार्यक्रमको सञ्चालन राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले गर्नु भएको थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video