विचार/अन्तरवार्ता
Dec 15, 2017
लत्रिदै गैरहेको एन आर एन, कमजोर लिडरसिप र अब्यबसायिक एबम अपार्दशि चौतारी

सानुवाबु सिलुवाल । अमेरीका । मंसिर २९ । जबसम्म सस्थामा नियमित आम्दानिको स्रोत हुदैन सस्था बाच्दैन​, टिकिरहन सक्दैन यसको मतलब कि त खल्ति वालेटमा थेगिरहन सक्नु पर्यो, कि त दान, चन्दा र सार्बजनिक थाल थापिरहनु पर्यो। यहि हालत छ जिबा, भट्ट र कुमार पन्तको सस्था एन आर एन र उनिहरुका हरेक मुलुकका शाखाहरुको।

सस्था सङ्ग न त कार्यक्रम छ, न त दिगो, भरपर्दो र समय सान्दर्भिक इस्यु पर्स्यु गर्ने एजेण्डा र मुद्दा नै जसबाट पार्टनरसिप अर्थात फन्डिङ्ग सहितको कार्यक्रमहरु सन्चालनमा आउन सकोस र जसबाट सस्थाका भोलिन्टियर्सहरुलाइ कमसेकम अतिरिक्त एलाउन्सेस भुक्तानि गर्न सकियोस र कम्तिमा २०% प्रशासनिक कार्यका लागि सन्चालित योजनाबाट सस्था धान्न सकियोस​।

आम्दानिका २ वटा आधार हुनसक्छन​।
। एक सोसियल च्याम्बर्स र अर्को बित्तिय एबम इन्भेष्टमेन्ट​ च्याम्बर्सको लियाजोको स्थापना गरि एकल एबम पार्टनरसिपमा प्रबासिका हितका मुद्दामा वकालत र कार्यक्रम सन्चालन गर्ने जुन सोसियल च्याम्बर्सबाट र अर्को लगानिको आधार, अध्ययन​, कार्ययोजना, फिजिबिलिटी, प्रि फिजिबिलिटिको आधार र कार्यक्षेत्रको आधारस्तम्भ एबम लगानिको पुर्बाधारहरु खडा गरि लगानि मार्फत आफ्नो ब्यबसायिक शुल्क तय गर्ने एबम यसै अन्तर्गत साना, मझौला एबम ठुला लगानिको बाताबरण खडा गरि लगानि समेत गर्ने र त्यसबापत सस्थाको लागि प्रशासनिक शुल्क र उत्पादन पश्चात सस्थाका लागि भोलिन्टियर्स शुल्क ब्यबस्था गर्दा सस्था दिगो रुपमा बाच्ने आधार हुनेछ​। तर​, यसका लागि काम गर्न सक्ने भिजन भ​एका मानिस भट्ट​, पन्त​, आचार्य र केसि एबम जिबाहरुसङ्ग छैन र उनिहरु मात्र भिड जम्मा गर्ने र यिनलाइ दिनमा १० पटक यिनका खुट्टामा ज्यु गर्ने हनुमानहरु मात्र यिनका वरिपरि छन र जो जो छन तिनिसङ्ग न त यि पन्च रत्यौलिहरुले उर्दि गरेअनुसार लगानि गर्ने कौडि छ नत भिजन नै।

हुन त भबन भट्टहरु योजना बुन्न सक्ने र सस्थाका दिर्घकालिन एबम ब्यबस्थित र ब्यबसायिक सस्था बनाउन पनि आबश्यक ठान्दैनन​। मात्र केहि बर्षका लागि आफ्नो हाइट बढाउने र सस्थालाइ दुरुपयोग गरि आफ्नो स्वार्थ उपयोग गर्ने भाडो मात्र ठान्दछन एन आर एनलाइ। 
यिनका टास्कफोर्स बर्षमा एक पटक मिटिङ्ग राख्ने हैसियत पनि राख्दैनन र भिड एबम नानाथरिका टास्कफोर्समा भेडा बाख्रा थन्क्याउने खोर मात्र हुन यिनका टास्कफोर्स​।

७५ वटा शाखा बिभिन्न मुलुकमा खोलिएको तर्क र बायोडाटा कागजमा बाहेक मुश्किलले १० वटा जति मुलुकका शाखाहरु केहि हदसम्म सक्रिय देखिन्छन मात्र गोष्ठि, भाषणभुषण। शाखाहरुका लागि न त कार्यक्रम​, न त निति, न त सागठनिक ब्यबस्थित परिचालन​, न त कार्यालय, न त कर्मचारि नै। आफ्नै कोठा कोठा सिरानिबाट परिचालित एन आर एन आर्थिक रुपले पारदर्शि पनि छैन यिनका केन्द्र र शाखाहरु समेत​।

एउटै मात्र उदाहरण सन २००८ मा डोल्माको ल्बड मनिका लागि उठेको ३८ लाखमा निक्षेप सन्चतिको ६% को मात्र ब्याज मात्रै हिसाब गर्दा मात्रै झन्डै झन्डै २३ लाख ब्याज मात्रै हुनु पर्ने हो सावा र ब्याज गर्दा झन्डै ६१ लाख डोल्माको ब्लड खोसुवा मनि ६१ लाख कहा छ त अहिले? त्यस्तै पुर्ब सभापति शेष घले सभापति हुनु पुर्ब नै उनको सयोजनमा हाइड्रोपावरका लागि ससारका नेपालि प्रबासिहरुलाइ लगानिका नाममा दुखि प्रबासिहरुको पैसा बेपत्ता छ अहिलेसम्म​। कति उठ्यो त्यो रकम​, त्यो अहिले कसको खल्तिमा छ कुनै कसैलाइ अत्तोपत्तो नै छैन​।

यस्ता थुप्रै उदाहरणहरु छन एन आर एन आइ सिसिकै आर्थिक अपारदर्शिताको फेहरिस्त र यसका शाखाहरुको हालत त्यस्तै छ​। सस्थाको आन्तरिक बिस्तार​, लिडरसिप क्षमता बिकास​, आन्तरिक कार्यक्रको बिकास एबम आन्तरिक सागठनिक सुध्रिढिकरण त्यत्तिकै लठाबज्र छ​। सस्था जो सङ्ग पैसा छ​, जो यिनका हनुमान छन​, जो फ्रड र दलालि एबम तस्करिमा लिप्त छ तिनका पक्षपोषणमा सस्था उभिदै गैरहेको भान पर्दै ग​एको छ​। 
बोल्न नसक्ने, लेख्न नसक्ने, प्रबासमा रहेका वर्किङ्ग क्लासका प्रबासिहरुको हितका निमित्त उनिहरुकै प्रतिनिधित्व कदापि हुनै नसक्ने नजिर स्थापित हुदै ग​एको एन आर एनमा अन्तत्वगत्वा डलर तस्कर​, मानब तस्कर​, दलाल र हरामिहरुको मात्रै गरिखाने, कमाउने र नाम राख्ने सस्थामा परिणत हुनसक्ने छ कुनै दिन जुन दिन यो सस्थाको पोखरिमा भ्यागुताहरु मात्रै नाचिरहेका हुनेछन​।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video