अपांगता/अल्पसंख्यक
Dec 15, 2017
अपाङ्गता भएका व्यक्तिहरुको २६ औं अन्तराष्ट्रिय दिवस काठमाण्डौंमा सम्पन्न
शर्मिला विश्वकर्मा, काठमाण्डौं “सबैका लागि दिगो र समता मुलक समाज उन्मुख रुपान्तरण” भन्ने मूल नाराका साथ महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र अपाङ्गताको क्षेत्रमा काम गने विभन्न संघ संस्थाहरुको साझेदारीमा आज अपाङ्गता भएका व्यक्तिहरुको २६ औं अन्तराष्ट्रिय दिवस काठमाण्डौंमा सम्पन्न भयो । सो दिवसका अवसरमा काठमाण्डौंको कमलादि स्थित प्रज्ञा भवनबाट निकालिएको र्याली अन्नपूर्ण होटल, नारायणहिटी दरबार, लैनचौर हुदै समाज कल्याण परिषदमा गएर कोण सभामा परिणत भएको थियो । सो ¥यालीको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं महिला बालबालिका तथा समाज कल्याण मन्त्री विक्रम बहादुर थापाले रिवन काटेर गर्नु भएको थियो । सो दिवसका अवसरमा सम्माननिय राष्ट्रपति विद्यादेवि भण्डारीले शुभाकामना सन्देश पठाउनु भएको र उक्त शुभकामना सन्देश महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव केशब प्रसाद भट्टराईले पढेर सुनाउनु भएको थियो । सो कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको भौतिक पहुँचको लागि आफ्नो कार्यस्थल अपाङ्गता मैत्री बनाउनु भएको भनि ललितपुरको लविङ महलका सञ्चालक र आर्दश सोल युवक माध्यमिक विद्यालयका प्रधानध्यापकलाई कार्यक्रमका प्रमुख अतिथि एवं महिला बालबालिका तथा समाज कल्याण मन्त्री विक्रम बहादुर थापाले सम्मान पनि गर्नु भएको थियो ।
उक्त कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव ङइन्द्र प्रसाद उपाध्यायले अपाङ्गता भएका व्यक्तिहरुका लागि यो मन्त्रालयले काम गर्दै आएको र आगामी दिनमा पनि उनीहरुलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताउननु भयो । त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएका व्यक्तिहरुका लागि बनाइएका नीति नियमहरु कार्यन्वयन गर्नका लागि सरोकारवाला निकायहरुको ध्यानाकर्षण गर्ने, उनीहरुको पहुँचयुक्त रोजगारीको सृजना गर्ने कार्यलाई अगाडि बढाउने बताउनु भयो । त्यसै गरी उक्त कार्यक्रमका प्रमुख अतिथि एवं महिला बालबालिका तथा समाज कल्याण मन्त्री विक्रम बहादुर थापाले संविधानमा समावेश गरिएका अपाङ्गताका सवालहरुलाई कार्यन्वयन गर्नुका साथै अपाङ्गता सम्बन्धी नीति नियमहरुलाई अपाङ्गता मैत्री बनाउने र कार्यन्वयनको लागि काम गर्ने कुरामा जोड दिनु भएको थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video