गृहमन्त्रीबाट ‘ईकाई प्रमुख सम्मेलन २०७५’ को उद्घाटन  |  पहिलो रास्ट्रीय झण्डा दिवस २०७५ सम्पन्न  |  सत्तापक्ष नेकपालाई फुटाएर भएपनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने किराँतीको घोषणा  |  सरकार सही बाटोमा हिडेको छ ः प्रम ओली  |  नेपालबाट एकाएक गायब भएको ३३ किलो सुन ११ महिना पछि भारतमा भेटीयो, यसरी सुन बरामद भयो  |  कांग्रेस नेता भन्छन्–सरकारले निर्मलाकाे हत्यारालाई बचायो, ओलीले संविधान चपाउन थाले !  |  नेकपा स्थायी कमिटी बैठक : ओली–प्रचण्डको राजनीतिक प्रतिवेदन पेश  |  नुवाकोटमा आइचर दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो, १५ बढी घाईते  |  नुवाकोटको घ्याङफेदीमा आइचर दुर्घटना, दुई दर्जन बढीको मृत्यु भएको आशंका, प्रहरी घटना स्थलमा पुग्दै  |  नुवाकोटमा केहि बेर अघि आईचर दुर्घटना केही मानिसको मृत्यु भएको आसंका, प्रहरी घटना स्थलमा पुग्दै
मनाेरञ्जन/रोचक
Dec 18, 2017
जस्ले मण्डपबाटै दुलही उठाएर बलात्कार गरे,यस्तो थियो सद्दाम हुसेनका छोरा उदयको जीवन
काठमाडौं । पुस ३ ।   इराकका पूर्वराष्ट्रपति सद्दाम हुसेन र उनका छोराको बारेमा लुकेका थुप्रै रहस्यहरू खुलेका छन् ।३० वर्ष इराकमा निरंकुश शासन गर्ने तानाशाह सद्दाम हुसेन र उनका छोरा उदय हुसेनको एेय्यासी जीवन र क्रूरताको बारेमा उदयका ‘बडी डबल’ वा डुप्लिकेट लतिफ याहियाले एक अन्तर्वार्तामार्फत् खुलासा गरेका छन । लतिफले बताए अनुसार उदयले उनलार्इ सन् १९८३ मा आफ्नो सुरक्षाको निम्ति डुप्लिकेटको रुपमा नियुक्त गरेका थिए । उदयको मृत्युपछि उनले थुप्रै गोप्यता खोलेका छन् । 
 
उनी भन्छन्, उदयलार्इ आफूलार्इ मन परेपछि जोसुकै महिलालार्इ उठाएर ल्याउँथे । उदय एकपटक एउटा विवाहमा गएका थिए जहाँ उनलार्इ दुलही राम्रो लाग्यो र उक्त बेहुलीसँग सुहागरात मनाउने जिद्दी गरे र उठाएर होटेलमा लगी बलत्कार गरे । बेहुलीले आफूमाथिको अत्याचार सहन नसकी होटेलको छतबाट हामफालेर आत्महत्या गरिन् । तर तानाशाह सुपुत्र भएकै कारण सो बारे कसैले आवाज उठाएनन् ।

 उस्तै अनुहार भएको कारण कुनै पनि खतरा तर महत्वपूर्ण काममा उदयले लतिफलार्इ पठाउँथे । इराकी सेनामा लेफ्टिनेन्टको रुपमा कार्यरत लतिफलार्इ ‘बडी डबल’ को रुपमा नियुक्त गरिसकेपछि उनलार्इ पीडा दिनुको साथै गोप्यता भंग गरेमा पुरै परिवारलार्इ मार्ने धम्की दिएका थिए । सद्दाम लगायत उनका दुर्इ भाइ छोराहरू कुनै महत्वपूर्ण राजनीतिक सभा समारोहमा भाग लिन आफू नगर्इ आफ्ना डुप्लिकेटलार्इ पठाउने गर्दथे ।

 उनले यो पनि बताए कि जब इराकले कुबेतमाथि हमला गरेको थियो, त्यसबेला इराकी सेनालार्इ उदय हुुुसेन बनेर सम्बोधन लतिफले नै गरेका थिए । पछि सीआर्इएको सहयोगले उनी भाग्न सफल भएका थिए । उदय हुसेन विलासी पनि थिए । महंगो कार, हवाइजहाज, बन्दुक एवं गरगहनाका सौखिन थिए उदय । उनले कार र बन्दुक खुब संग्रह गरेका थिए । 

उनको रूचीको २०१ माइल प्रतिघण्टा अधिकतम गति भएको ट्वीन टर्बो भी-८ इंजिनयुक्त फरारी एफ-४० मोडलको कार सद्दामको शासन समाप्त भएपछि ग्यारेजमा धुलो खाइरहेको छ ।अमेरिकाले रासायनिक हतियार राखेको आरोपमा सन् २००३ मा इराकमाथि आक्रमण गर्दा जुलार्इ २२ मा उदय र उनका भाइ मारिएका थिए भने पिता सद्दाम हुसेन पक्राउ परे । सद्दामलार्इ सन् २००६ डिसेम्बर ३० मा फाँसी दिइएको थियो । http://reallnewsnepal.blogspot.co.il/2017/12/blog-post_49.html#.WjcusFXtyM9


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video