काठमाण्डौंमा भुकम्पको धक्का  |  काठमाण्डौंमा भुकम्पको धक्का  |  काठमाण्डौंमा भुकम्पको धक्का  |  नेपालमा लागुऔषध प्रयोगकर्ता बढदैे ! एकै दिन अबैध लागुऔषध सहित १५ युवक पक्राउ  |  निशुल्क स्वास्थ्य शिविर सम्पन्न  |  लोकसेवा तयारीमा यस्ता सम्म प्रश्न ! लोकसेवा पास गरेका कर्मचारी किन नहुन त खुरापाती  |  नुवाकोटमा तत्काल एम्बुलेन्स चाहियो ? नुवाकोटमा ९ संस्थाद्धारा सञ्चालीत यिनै हुन एम्बुलेन्सहरु ( फोन नं सहित)  |  १५६६ कर्मचारीको मात्र समायोजन ! समायोजन किन सकस बन्दैछ ?  |  आज फागुन ४ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गोरखाका रामु तामाङलाई दु ब ई मा वेष्ट इम्प्लोई २०१८ को उपाधी

BREAKING NEWS:

मनाेरञ्जन/रोचक
Dec 19, 2017
भारतीय टीभीमा कन्डमको विज्ञापनमा रोक लाग्दा राखी आक्रोशित
एजेन्सी, ४ पुस । भारतमा दिउँसो टीभीमा कन्डमको विज्ञापन प्रसारणमा रोक लगाएपछि राखी सावन्त आक्रोशित भएकी छन् । भारतीय सूचना एवं प्रसारण मन्त्रालयद्वारा दिउँसो टीभीमा कन्डमको विज्ञापन प्रसारण गर्न रोक लगाउने गाइडलाइन सार्वजनिक गरिएपछि राखी सावन्त आक्रोशित भएकी हुन् ।
राखी छिट्टै एक कन्डमको विज्ञापनमा देखिँदैछिन्। राखीका फ्यानहरु नयाँ कन्डमको विज्ञापनमा हेर्न उत्सुक थिए तर अब बिहान ६ बजेदेखि राति १० बजेसम्म यस्ता विज्ञापन प्रसारणमा रोक लाग्ने भएपछि उनी आक्रोशित भएकी हुन् ।
राखीभन्दा पहिले सन्नी लियोन, बिपाशा वसु, करण सिंह ग्रोवर र रणवीर सिंहजस्ता कलाकार कन्डमको विज्ञापनमा देखिँदै आएका थिए । राखी भन्छिन्, ‘समाजमा यौन सुुरक्षा र अनपेक्षित गर्भ रोक्न धेरैभन्दा धेरै कन्डमको विज्ञापन देखाउनुपर्छ। यसबाट सर्वसाधारणलाई यसको प्रयोग र उपयोगितबारे जानकारी हुन्छ। एड्सको संक्रमणबाट बच्न सकिन्छ । म समाजको भलाइका लागि कन्डमको विज्ञापनमा काम गर्दैछु।’
उनले भनिन्, ‘सरकारले सन्नी लियोन र बिपाशा वसुको कन्डमको विज्ञापनमा त रोक लगाएको थिएन । तर, जब मैले कन्डमको विज्ञापन खेलेको थाहा पाएँ अनि यसको विज्ञापन प्रसारणमा बन्देज लगाउन थालियो। के सरकार मसँग डराएको हो ? हेर्दै नहेरी मैले खेलेको विज्ञापनसँग किन दुस्मनी ? के यस्ता विज्ञापनमा रोक लगाएर सरकार दिउँसो कसैलाई यौनसम्बन्ध राख्न पनि रोक्न सक्छ ?’news-nepal


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video