प्रधानमन्त्रीले भोली सम्म सर्वसाधारणलाई दशैंको टिका लगाउने, टिका लगाउन यति बेला पुग्नुहोस  |  मूर्ति सेलाउने बिषयमा बिबाद हुँदा कपिलवस्तुमा अनिश्चितकालीन कफ्र्यु  |  नक्कली नोट छाप्ने मेसिन सहित ५ जनाको गिरोह पक्राउ  |  दशैँपछि राजधानीमा चहलपहल सुरु,दशैंमा बढी भाडा असुलगर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही  |  यसरी मनाउँदैछन शीर्ष नेताले दशै  |  नेपाल प्रहरीले काठमाण्डौंमा अस्टमी देखि टिकाको दिन सम्म निशुल्क बस सञ्चालन गर्ने, कहाँ कहाँ चल्छ बस ? रुट सहित  |  थाहा पाइराख्नुहोस IVR मार्फत नेपाल टेलिकमको निशुल्क पाईने सुबिधाहरु  |  दशैं पछि माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै  |  सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु  |  पूर्वसांसदले गरे आत्महत्या
मनाेरञ्जन/रोचक
Jan 15, 2018
प्रख्यात धार्मिक तिर्थस्थल वेत्रावतीमा माघे संक्रान्तिका दिन गोरु जुधाईको घम्साघम्सी
 नुवाकोट / रसुवा  माघ  , रसुवा नुवाकोट जिल्लाको सिमानामा रहेको ऐतिहासिक धार्मिक तिर्थस्थल वेत्रावतीमा माघे संक्रान्ति पर्वको अवसरमा १० हल गोरुले मैदानमा प्रतिष्पर्दा गरेका छन्

 

विगतका वर्षहरुमा परम्परामा मात्र सिमित रहेको गोरु जुधाउने मेला १२ वर्ष यतादेखि वेत्रावतीका स्थानीय बासिन्दाहरुले गोसाईंकुण्ड युवा क्लब मार्फत व्यवस्थित तरिकाले गर्दै आएका छन्

 

 प्रत्येक वर्ष मकर संक्रान्तिका दिन रसुवा नुवाकोट जिल्लाको सिमाना वेत्रावतीमा गोरु जुधाउने परम्परा रहिआएको यस वर्ष पनि बीस जना कृषकले आफूले पालेको बलिया गोरु जुधाउन वेत्रावतीमा ल्याएका थिए विसं १८४९ असोज १७ गते नेपाल चीनबीच वेत्रावतीमा भएको सन्धीको खुसियालीमा गोरु जुधाउने मेला हुँदै आइरहेको गोसाईंकुण्ड युवा क्लबका अध्यक्ष सुरज लबटले बताए

 

 

 उता नुवाकोटको तारुका पञ्चकन्यामा पनि गोरु जुधाई मेला आयोजना भएको तार्केश्वर गाउँपालिका वडा नम्बर तारुकामा २० हल गोरुलाई जुधाइएको बझांङ्गी राजकुमार जयपृथ्विबहादुर सिंहको मावली गाँउ तारुका आउँदा उनलाई मनोरञ्जन दिन जुधाईएको गोरुलाई स्थानीयवासीले निरन्तरता दिंदै आहिले संस्कृति, परम्परा पर्यटन प्रबद्र्धनसंग जोडेर व्यवस्थित रुपमा निरन्तरता दिंदै आइएको रसुवा नुवाकोटका स्यानीय कृषकले गोरु जुधाउनको लागि वर्षभरी तागतिलो कुराहरु खुवाएर पालेका गोरु ल्याई यो मेलामा प्रतिष्पर्दा गराइने प्रचलन रहेको

 

 

हजारौं मानिसहरुले गोरु जुधाउने मेलाको अवलोकन गरेका छन् प्रतियोगितामा प्रथम, द्वितीय तृतीय हुने गोरु धनीहरुलाई क्रमश तीन हजार दुई हजार र पाँचसय नगद पुरस्कारको व्यवस्था गरिनुका साथै जुधारु गोरुलाई भिटामिनको समेत व्यवस्था गरिएको थियो जुधाईमा भाग लिएका गोरुको बिमा समेत गरिएको थियो



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video