विचार/अन्तरवार्ता
Jan 16, 2018
समय फेरियो जनता उस्तै
 अशोक तिवारी,

बल्ल बल्ल २० बर्षपछी चुनाव भयो अस्थिरता देखी आजित जनताले स्थिर सरकार बनोस देश उन्नतितिर लम्कियोस सबै नेपालीको भाग्य चम्कियोस भनेर भारी मत दिएर नेता चुने तर राज्यको ढुकुटी नै रित्तिएर चुनाव सम्पन्न भये पनि सरकार बनेन राजनीति अन्योल कायम नै रह्यो। जनताको दैनिकी उस्तै -

सायद युरोमा बिकेर हो या आफुहरु श्रिपेच बिहिन राजा बन्न एउटा लामो ईतिहास बोकेको राज्यलाई राजा बिहिन बनाइयो। रातारात राजालाई नारायणहिटी बाट जङल खेदियो। ६०१ ले राज्यमा ब्रम्हलुट मचाए। देश अभिभाबक बिहिन भयो। जनताको दैनिकी उस्तै -

देबीदेबताको बासस्थान,ऋषीमहर्षिको तपोभुमी पैसाको लागि धर्म बेचियो।हिन्दू धर्म ठुलो सत्रु भयो। यत्तिका बर्ष मिलेर बसेका दाजुभाइ धर्मको नाउँमा दुस्मन बने। जनताको दैनिकी उस्तै -

पहिलो दोश्रो संबिधान सभाको चुनाव हुँदै परिवर्तन को नाममा सिंहदरबार गाउँ गाउँ भित्याउने भन्दै स्थानिय,संघिय, प्रदेश चुनाव भन्दै राज्य दोहन गरेर देशको ढुकुटी १४ अर्बमा झारियो। जनताको दैनिकी उस्तै -

अरुलाई हेरेयौं पटक पटक माओबादि-काङ्रेस-एमाले लाई हेरौं यो पटक भन्दै सबैलाई हेरियो। देश जनता भलाइको लागि कुकुर बिरालो झै, राज्य लुट्न भने 'काले काले मिलेर खाउ भाले" जनताको दैनिकी उस्तै -

कोशी बेचियो,टनकपुर बेचियो, सुस्ता बेचियो,सिमा बेचियो,नागरिकता बेचियो, कलकारखान उद्धोगधन्दा सबै बेचियो। आत्मसम्मान स्वाभिमान पनि बेचियो,यतिले नपुगेर स्मार्ट लाइसेन्स भनेर नेपालीको विवरण बेचियो अझ नागरिकता बन्द गरेर रास्ट्रिय परिचय पत्र भन्दै नागरिक नै बेचिदैछन। जनताको दैनिकी उस्तै -

यो सानो मुलुक बिकास गर्न के सम्भब थिएन? दुबइ, कतार बनाउने पौरखी हात,८३ हजार बिजुलीको सामर्थ्य राख्ने नदिनाला,खनिज पेट्रोलको सम्भावना बोक्ने गर्भ, फलामदेखी युरेनियम जस्ता खनिजको खानि, जडिबुटिको भण्डार, अर्बको सेयर खुल्दा ३२ अर्ब आबेदन दिने लगानिकर्ता के चाँही थिएन तिनको संरक्षण उपयोग गरेर बिकास गर्नु कहाँ हो कहाँ उल्टै भगवण्डा नपुगेर मिलाएर खान यो स्वर्ग जस्तो मुलुक संघीयताको नाममा सात टुक्रा पारीयो। जनता मात्र चुसेर नपुग्ने भएर मागेर चलाउन पर्ने भयो। नेता खर्बपती, देश कंकाल, फेरी पनि जनताको दैनिकी उस्तै..

यती हुँदा पनि अनी गर्ब गर्छौ "हामी नेपाली सहनशिल नेपाली रे" कदापी हैन, हुन सक्दैन हामी गणेशमान सिंहले भनेझैभेडो नेपाली.



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video