विचार/अन्तरवार्ता
Jan 17, 2018
जिम्मेवार हुन सिक्ने हो कि !
 अशोक तिवारी,  राष्ट्र संक्रमण बाट गुज्रिरहेको छ। एकातिर २० बर्षपछी सम्पन्न स्थानिय तहको चुनाव, समग्र देश जनताको आर्थिक अवस्था सुधारको लागि संघिय राज्य सन्चालन गर्न भएको संघिय चुनाव नयाँ सबिधान लाई पूर्णता दिदै नबिनतम रुपमा राज्य सन्चालन गरी स्थिर सरकार को लागि भएको प्रदेशको चुनाव भर्खरै सम्पन्न भएको यि चुनाव ले मान्यता पाउन बाँकी नै छ। देशले एउटा मार्ग लिन नै बाँकी भने अर्कातिर बर्ष अघिको महाभुकम्पबाट शिथिल भएको नेपाल नेपाली उठ्नै बाँकी छ। राजनीतिक अस्थिरता छदैं  थियो बिध्यमान नै छन तापनी १० बर्ष भन्दा बढी समय माओबादी द्वन्दमा नरसंहार भएको देश शान्ती प्रकृया पस्चात बिस्तारै सम्हालिदै थियो पुन प्रकृतिको चपेटामा पर्यो माहाभुकम्पको सामना गर्न पर्यो, संकृतिका धरोहर ढले,जनता घरबिहीन भए पिडा माथि पिडा थपियो तै पनि जनता आशातित नै थिए, नयाँ सरकार आउँला घरर बनाउने रकम थपिएला भन्ने आशाको दियो मन भित्र बालेर बसेको यो बिषम परिस्थितीमा एकाएक जनापेक्षा बिपरित यो निर्णय आउनु कदापी स्विकार्य थिएन।

     

राष्ट्रिय सम्पत्ती,बिश्व सम्पदा सुचिमा परेका संस्कृतिका  धरोहर, रानीपोखरी उस्तै , हनुमानढोका उस्तै , मम पसल मारामर भए पनि नजिकैको धरहरा उठ्न सकेको छैन,जनताको घर दुरदराज को कुरा दुई बर्षमा पुनर्निर्माण प्राधिकरणले जना प्रमुख पाईसक्यो तर जनताले सरकारले घोषणा गरेको लाख बाट दुई कोठा घर बनाउन डेढ लाख तिरेर पनि डकर्मी पाउन सकेको छैन। तालिम दिने भनेर कार्तिक सात सम्म दरखास्त अह्वान गरेको २३ दिन बितिसक्दा पनि तालिम सुरु भएको छैन। अनी प्राधिकरण भन्छ पुष मसान्त भित्र डिपीसी सक्नै पर्छ! के ले सक्ने प्रमुख ज्यु ? सिमेण्ट कती पर्छ ?गिटी बालुवा रड कतिमा आउछ?यतिका घर बनाउने दक्ष जनशक्ती दुबइ, कतार, मलेसिया मा छन कि नेपाल मा नै पाईन्छ? कृपया कागजी भाषामा हैन ब्य्बहारिक भाषामा भनिदिनुस्। तपाईंले पुष भित्र घर नबनाए पैसा मिल्दैन भनेर गैह्र जिम्मेवार अभिब्यक्ती दिनु कती जायज हुन्छ? एकपटक धरातल मा उभिएर बोल्नुस्। राज्यशक्ती नै तपाईं सँग हुँदा दुई बर्षमा हनुमान ढोका बनेन,धरहरा बनेन अनी जनताले कसरी घर बनाउन सक्छन।

 

जनताले बस्न घर मागेका हुन दुई कोठा होस् या चार, ईंटा लाएर होस् या ढुङ्गा,जस्ताको छानो होस् या टिनको त्यो गौंण कुरा हो मुख्य कुरा

बिहान देखी बेलुकासम्म काम गरेर थकित भएको शरीर न्यानो सँग रात कटाउने घरको बन्दोबस्ती गर्नु हो इन्जिनियर प्राघिकरणको, घर बनाउने नितिनियम प्राधिकरणको भने दक्ष जनशक्ती तयार पार्नु हो,निर्माण सामाग्री सहुलियत पार्नु हो कालोबजारी रोक्नु पनि प्राधीकरणको जिम्मेवारी हैन? निर्माण सामाग्रीमा कर छुट गरेर, घर बनाउने दक्ष कामदार इन्जिनियर झै  राज्यको मातहत खटाएर, अदक्ष कामदारमा स्थानियलाई प्रयोग गरेर यो महा अभियान सम्पन्न गर्नुपर्ने दायित्व प्राधिकरणले लिनुपर्ने हैन। 

 

पुनर्निर्माण प्राधिकरण आँफैमा सम्पन्न निकाय हैन तर महत्वपूर्ण कुरा सरकार भुकम्प पीडित जनताबिचको पुल हो। सरकार सँग समन्वय गरेर  पीडित जनतालाई गन्तब्यसम्म पुर्याउन कुनै कसर नराखी यथासिघ्र पुनर्निर्माण सम्पन्न गर्नु एक अन्तिम बिकल्प हो।  चेतना भया जनताले  लाख भिकमा मागेका हैनन, पुष माघको ठण्डी, चैतको हुरी, बर्षातको झरी,लालाबालाको ज्यान,छोरीबुहारिको इज्जत रहरले च्याँखे थापेका हैनन। प्राधिकरणको जिम्मेवारी जनतलाई टिनको बास बाट न्यानो घरमा पुर्याउने होन की  लाख किस्ता किस्तामा दिएर,कालोबजारीया लाई सरक्षण गरेर , लाख ऋण बोकाएर पुष भित्र डिपीसी गर, चैतभित्र घर बनाउ, असारभित्र छानो हाल भनेर अब्यबहारिक अभिब्यक्ती दिनु हो।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video