महराद्वारा उच्च अदालतमा निवेदन दर्ता  |  अतिक्रमित भूमि फिर्ता गर्न कूटनीतिक प्रयास थालिएको छ : प्रम  |  आज मिति २०७६ मंसिर ६ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन  |  दोस्रो आन्तरिक पर्यटन मेला (डीटीएम २०२०) आउँदो फाल्गुन ९ र १० गते भृकुटीमण्डपमा हुँदै  |  कूटनीतिक नियोगका प्रतिनिधिलाई उपनिर्वाचनको अवलोकन गर्न आह्वान  |  नेप्से ओरालै लयमा  |  श्रमजीवीको पक्षमा लडिरहनेछु : विष्ट  |  राइड थ्रु सिन्धुलीगढीको तयारी पूरा, २०४ जना सहभागी हुने, पर्यटनमन्त्रीले उद्घाटन गर्ने  |  ‘स्मार्ट’ चालक अनुमतिपत्र ५० हजार वितरण गर्न बाँकी
विचार/अन्तरवार्ता
Jan 18, 2018
बिरासतको लडाईंमा पत्रकार जगत
 अजय सुमार्गीको पत्रकार सम्मेलनको श्रब्यदृष् हेर्दा, उनलाई सुन्दा उपस्थित पत्रकार को सवाल जवाफलाई केलाउंदा मलाई पनि केही भन्न मन लाग्यो। कैलाश सिरोहियाले सुमार्गिलाई ब्ल्याक्मेलिङ गरे होला, सोल्टी होटलमा करोड को बार्गेनिङ पनि गरे होला पुरानो मुल्यमा बिक्री गरेको जग्गा फिर्ता मागे होला,गोल्डेन सेयर पनि मागे होलान त्यो आफ्नो ठाउँमा छ। दुबै जना देशका ठुला ब्यापारी हुन, सिरोहियासँग KMG group सुमार्गी सँग थाहा संचार , जहाँ बिनारोकतोक निर्बाध रुपमा एक अर्काप्रती बिबाद प्रतिबाद गर्न सक्छन,दुबैसँग राजनीतिक पहुँच पनि उत्तिकै छ।  यि कुरा गौण हुन। मुख्य कुरा यि दुई ब्यापारी बिचको प्रतिष्ठाको लडाईँमा पत्रकारिता जगत घुरमैलो नबनोस। कैलाश सिरोहिया गलत होलान,सजायको भागीदार होलान तर यसको लागि सर्बप्रथम सम्पत्ती  शुद्धीकरण विभागले  प्रहरीको सीआईबीसित मिलेर तयार पारेको अध्ययन प्रतिवेदनमा उनको रकमलाई 'अवैध' ठहर गरेको, राष्ट्र बैकले दुई बैकमा रहेको अर्बौ रकम रोक्का गरी राखेको उनलाई Anti money Laundaring को प्राबधान अनुरुप कारवाही गर्नु पर्ने तर राजनीतिक दवाबमा कानुन निरिह बनेको चर्चा चलिरहेको अवस्थामा सुमार्गी सही हुन भनेर प्रमाणित हुनुपर्छ। यसको लागि उनको ब्यबसायिक ईतिहास केलाउनु अत्यन्त जरुरी छ। 

 

२०२९ देखी ब्यापारमा लागेको भन्ने सुमार्गी एक दशक अघीसम्म हेडौडा को पुष्पपाल पार्क नजिकै पुरानो घरमा बस्थे। मकवानपुरको भैंसेमा घरेलु  चुन उद्धोगको ऋण तिर्न नसकेका, काठ मिल सन्चालन गर्दा काठ तस्कारीमा थुनामा समेत परेका सुमार्गी एकाएक करोड आना पर्ने बानेश्वर, बिशालनगर,लाजिम्पाट जस्ता प्राइम लोकेसनका करिब ४० रोपनी जग्गाका मालिक कसरी भए?कुन ब्यबसाय गरेर भए? सम्बन्धित जिल्लाका मालपोतका अनुसार सुमार्गिले बढी जसो सम्पत्ती २०६४ पछी श्रीमती सम्झना अर्याल जेठि सासु शिशु आर्यलको नाममा  खरिद गरेको देखिन्छ। यत्तिका सम्पत्ती खरिद गर्ने आयश्रोत के थियो किन जेठि सासुको नाममा खरिद गरियो?

 

केन्द्रबिन्दु अनलाइन टिभी को रिपोर्ट हेर्ने हो भने सुमार्गीको सम्पत्ती, ३४ बर्षदेखी फ्रान्सेली राजदुतको निजी निवास रहेको ६३ करोडमा किनेको बिशालनगरको १९ रोपनी जग्गा। २०६३--१३ मा शिशु अर्यालको नाममा  किनेको लाख प्रतिमहिना भाडा तिरेर प्रचन्ड बसेको कित्ता ३४११९ ३४१२० रहेको  लाजिम्पाटको कम्पाउण्ड सहितको घर जग्गा।  २०६६-०१-२८ मा शिसु अर्याल को नाममा किनेको  मिनभवनको कित्ता ६३ को रोपनी  आना दाम किता ८४ को आना दाम जहाँ अहिले नेपाल इन्फ्राको नाममा सुपर स्टोर बन्दैछ। २०६४-०५-२३ मा सम्झना  अर्यालको नाममा बानेश्वरकै कित्ता   ९२, पहिला सुमार्गी परिवार बसेको रोपनी आना पैसा दाम। सुमार्गी स्वयमको नाममा २०६५-०७-२६ मा बानेश्वरमा नै किनेको कित्ता १९० को आना पैसामा किनेको  घर। बानेश्वर मै सुमार्गी को निजी कर्पोरेट कार्यालय, हेलो मोबाइलको अफिस सन्चालित मुक्तिश्री टावर रहेको २०६५-०७-२६ मा किनेको कित्ता २६९ को रोपनी पैसा दाम, कित्ता १९२ को आना कित्ता २१४ को दाम जग्गा। बबरमहल स्थित सुमार्गी बि कम्प्लेस। २०६८-०१-२० मा किनेको कित्ता १७६२ को आना दाम, कित्ता १७५८ को आना दाम कित्ता १७६०  को आना पैसा दाम। त्यसरी नै  २०६८-१०-०५ मा  किनेको कित्ता   आना आना। ललितपुरको ठेंचोमा ठुलो पारीमाणको जग्गा, सितापाइलामा बिजनेस कम्प्लेस सहितको  जग्गा,रबिभबनको  जग्गा। सिमेण्ट उद्धोगको लागि प्रस्तावित सुर्खेत को १३०० रोपनी जग्गा। हेटौंडा ११ नवलपुरमा हेटौंडा एकेडेमी आवसिय स्कुल सन्चालित बिघा जग्गा। चेन्ई गोवामा सन्चालित क्यासिनोमा भाईको मार्फत ठुलो लागानी देखिन्छ।

यो रिपोर्टलाई आधार मान्ने हो भने  दशक अघी सम्म हेटौंडा मा सिमित सुमार्गीको यो साम्राज्यको श्रोत के थियो। यसरी नै यि दिनहरुमा लोकमान सिह, सुजात कोइराला,स्वामी कमल नयनाचार्य ,राज बहादुर सिङ,प्रचन्ड,उपेन्द्र महतोका ब्याबसायिक साझेदार निरज गोविन्द श्रेष्ठ लगायतका उच्च तहका ब्यक्ती सँगको सम्बन्धको आधार के थियो? कमल नयनाचार्य ट्रष्टका अदक्ष, बेलारुशका माहाबाणिज्य दुत  हुने हैसियत कसरी बनाए?

 

पत्रकार सम्मेलनमा उनले बोले अनुरुप  बैदेशिक ऋणको नाममा ले नेपाल भित्र्याएको   ११ अर्ब २३ अर्ब पुँजी  ल्याउने हैसियत के थियो सुमार्गी राज ग्रुपमा ३५ प्रतिशतको सेयर को भ्यालु कती थियो त्यसको श्रोत के हो? अनी स्पाइस नेपाल सँग जोडीदाको ९५ प्रतिशत सेयर भ्यालु कती हो श्रोत के हो? यसको नालिबेली खोज्नुपर्छ। तसर्थ यिनको पत्रकार सम्मेलन को अर्थ कैलाश सिरोहियालाई आरोप लाउनु, ब्यैइजती गर्नु,आफ्नो भडाश पोख्नु मात्र हो। डेरामा बस्नेलाई दया देखाएर, तपाईं भित्र सुतेको  मान्छे उठाउनुस भन्दैमा, तल्लो स्तरमा भाषा बोलेर मेरो सब्दमा नजानुस् भावनामा बगे भन्दैमा सुमार्गी साधु बन्न सक्दैनन।    

 

अन्तमादु: लाग्यो मलाई पत्रकार भनेर सम्मेलनमा उपस्थित हुनेहरुले सुमार्गी सँग उनको सम्पत्तिको बैधानिकता बारे प्रश्न सोध्न नसकेकोमा अनी उल्टै सुमार्गिले होच्याउने गरी उत्तर दिने खालको अत्यन्तै सरल प्रश्न सोधेकोमा,सुमार्गीको आशा बिपरित काम नलाग्ने प्रश्न सोधेको मा। आशा गरौ अर्को सम्मेलनमा तपाईंहरुले पत्रकारिता धर्म निभाउनु हुने छ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video