प्रवासी खबर
Jan 19, 2018
अमेरिकामा “भात खान ” बोलाउँदा भाडावाल समेत लाम लस्कर किन लाने गरिन्छ ?

२०७४ माघ ५. गते l विजय थापा ,अमेरिकामा कसैले उपहार दियो भने पालो को पैचो तिर्नु भन्छन l सिको गर्नेले तिरी पनि हाल्छन l कसैले केही खुवायो भने आफूले पनि खुवाउने चलन छन् l अपबाद पनि धेरै हुन्छन l अरुको मात्र खाने आफूले नखुवाउने l त्यो त जहाँ पनि हुन्छ l संयोगवस मिल्यो भने संयोग मात्र हुने छ l

अमेरिका आएका नया अनुहारले यो कुरा थापा पाउदैनन l अमेरिका आएर नै थाहा पाउने गर्छन l अमेरिकामा नव आगन्तुक ले सिक्नु पर्ने धेरै कुराहरु हुन्छन l र जान्नु पर्ने कुरा पनि धेरै हुन्छन l अमेरिकामा भात खाने र खुवाउने कुरामा जान्ने पर्ने हुन्छ l बालबालिका को भात खुवाउने सन्दर्भको अर्थमा कुरा चलाईएको हैन l आफ्ना साथि साथीभाई इष्ट मित्र आफन्त ,नातेदार ,कुटुम्ब आदि ईत्यादी को घरमा भात खान बोलाउँदा र आफू भात खान जाँदा याद गर्नु पर्ने कुराहरुको बिषयमा चर्चा गर्न खोजिएको हो l

नव आगन्तुकलाई अचम्म लाग्न सक्छ l किनभने आफूले भात खान दम्पतिलाई मात्र बोलाएको हुन्छ तर आउँदा आफ्ना घर परिवार बाहेक घर भाडामा बस्ने लाई समेत लाने चलन पनि हुन्छ l एक झुप्पा आउने चलन पनि छ l नव आगन्तुकहरु छक्क पर्न सक्छन l

अन्य पाहुना सहित आउने गर्छन l अमेरिकामा कसैले खाना बोलाउदा आफ्नो घरमा बस्ने भाडावाल लाई पनि लाम लस्कर लगाएर लाने चलन छन् l यो किन हुन्छ भने अमेरिकामा घर भाडा महँगो हुन्छ l सबैले एक्लै तिर्न दात बाट पसिना पनि आउछ l सवैको सक्ने अवस्था पनि हुदैन l

कम आम्दानी हुनेले खाली गरेर भए पनि भाडा दिने गरिन्छ l यसो गर्दा आफू सँग बसेका भाडावाल संग पनि सगोलमा पकाएर खाने चलन पनि हुन्छ l घरमूली कसैको घरमा पाहुना लाग्ने भयो भने आफूले लाने पनि गरिन्छ l

कहिलेकाही दम्पत्ति मात्र पाहुना लाग्ने हुँदा आपत पर्ने हुन्छ l भाडावाल लाई कस्ले खाना पकाउने त भने प्रश्न हुन्छ ? त्यसकारण कही हुने भोज भतेरमा घरमुलीको साथमा भाडावालका परिवारको साथी ,कुटुम्ब ,छिमेकिलाई समेत भाडावालको साथमा लाम लस्कर लाग्छन l

यसमा अनौठो मान्नु हुन्न l भात खान बोलाउदा मुखै खोलेर हाम्रा भाडावाल ,नेपालबाट आएका पाहुना ,आफ्ना परिवार बुवाआमा ,सासु ससुरा समेतलाई लाने चलन हुन्छ l भर्खर नेपाल बाट आएकालाई यस्तो चलनले अप्ठ्यारो महसुस गर्छन l किनभने यि सवै आफ्ना मान्छे नै हुन् ,उनीहरुलाई नलगे र नबोलाए कसलाई लाने ? आफू मात्र पाहुना कसरी लाग्ने भन्ने सवाल पनि आउछ l

आफ्ना मान्छेले बोलाएको भए पो जानु घरसाहुको पनि साथीको घरमा पाहुना लाग्न जानू पर्ने भन्ने कुराले असजिलो लाग्न सक्छ l केही अवस्थामा नजाने पनि हुन्छन l

नेपाली समुदाय मात्र अन्य समूदायमा पनि घर भाडा दिईने चलन छन् l छुट्टै घर नभई आफूले किनेको घर या लिएको घर भाडामा मान्छे राख्ने प्रचलन छ l अर्थात् एकल सशुल्क पाहुना (पेइङ्ग गेस्ट ) राखे पछि खानपिनको चाजो पाजो मिलाए सके पछि मात्र आफू उम्किन पाइने हुनाले आफ्नो साथमा लानु पर्ने बाध्यता हुन्छ l त्यसको अतिरिक्त कसैले खाना खान दुई जनालाई बोलाएको भए पनि आफ्ना सन्तान को साथै सशुल्क पाहुनालाई समेत लगिन्छ l पूर्व जानकारी दिने प्रचलन पनि हुन्छ l

अमेरिका आएका नव आगन्तुकहरु यस कुरामा अनभिज्ञ हुने हुनाले २ जना बोलाएको छ भने ७ जना आए भने सात्तो नजाओस l १ जना बोलाएको छ भने ४ जना हामी आयौ भनेर आई दिदा पनि आश्चर्य नमान्नु होला l नेपालमा भएको भए गतिछाडाहरु भन्ने संज्ञा पाइन्थ्यो l लाज पचेका भन्ने चर्चा चल्दथ्यो l दुई जना बोलाउदा सन्तान नै पो बोकेर आएछन् भन्ने भन्ने गरिन्थ्यो l

तर अमेरिकामा यसो गर्ने प्रचलन चलेकोले ढुक्क हुनु नै उत्तम हुने छ l कहिलेकाही छिमेकीलाई समेत लाने गरेको ले पो कुरा बिग्रिन सक्ने सम्भावना हुन् सक्ने हुनाले यस्मा हामी चनाखो हुने कि ?enepalese



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video