मनाेरञ्जन/रोचक
Jan 21, 2018
छिटो रिसाउने मानिसको मृत्यु पनि छिटो हुने, एक अध्ययन
 रिस खा आफु बुद्दी खा अरु भन्ने चलन विविधता नै छ । रिस उठ्ने बानि स्वास्थ्याको लागि पनि नराम्रो पक्ष हो। हाम्रो दैनिक जिवनका स-साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् । अमेरिकी वैज्ञानिकहरुको अनुसन्धानले धेरै रिस उठ्ने मानिसहरुको मृत्यु छिटो हुने गरेको पुष्टि गरेको छ ।

आइवा स्टेट विश्वविद्यालय मा गरिएको एक अनुसन्धान अनुसार नरिसाउने मानिसको तुलनामा धेरै रिस उठ्ने मानिसको अकाल मृत्युको खतरा डेढ गुणा बढी हुने गरेको भेटाएको छ । रिसका कारणले गर्दा मानिसको शरीरमा विभिन्न खाले खतरनाक परिवर्तन आउँछन , जसमा तनावदेखि लिएर मनोरोग लगायतका हुन्छन् ।

रिसाहा मानिसको सरीरमा एड्रेनलाइन हर्मोन तिव्र गतिमा बग्छ । तनाव तथा रिसका समयमा यो हर्मोन पटक पटक रगतमा बग्नाले डिएनएमा असर पर्छ । यसले प्राणघातक रोग तथा मृत्यु समेत हुन सक्छ ।

धेरै रिस गर्ने मानिसमा निद्रा कम लाग्ने तथा दिमागी असर पनि पुग्न सक्छ । धेरै रिसाहा मानिसमा टाउको दुख्ने समस्या हुन्छ । किनकी रिसले सरीरमा स्ट्रेस हर्मोनका साथसाथै एड्रेनलाइन र टेस्टोस्टेरोन हर्मोनको उत्सर्जन पनि बढ् अनुसन्धानले देखाएको छ । बढि रिसाहा मानिसमा फोक्सोको समस्या पनि बढि हुने अनुसन्धानले देखाएको छ ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video