प्रवासी खबर
Jan 22, 2018
टेक्ससमा लुटेरा द्वारा नेपालीको हत्या
 अमेरिकाको टेक्सस राज्यको गारल्याण्ड शहर स्थित एक्जोन इन्धन चौकी सर्वसुलभ पसलमा एक नेपालीलाई लुटेराले गोली प्रहार गरि हत्या गरेका छन् l टेक्सस राज्यको ड्यालस शहर को उत्तर पूर्व स्थित तथा ड्यालस फोर्ट वर्थ मेट्रो प्लेक्स को एक भाग रहेको उक्त शहरमा गत जनवरी २० तारिख राती २ जना लुटेराहरु संग भिडन्त हुँदा उनीहरुले गोली प्रहार गरि हत्या गरेका कुरा गारल्याण्ड प्रहरीले जनाएको छ l

एक्जोन सर्व सुलभ पसलमा उक्त घटना भए पछि नजिक प्रहरीलाई मध्यरात हुनु अगाडी खबर एक पैदल यात्रीले खबर गरेका थिए l उक्त पसलमा जडान गरिएको श्रव्य दृश्यको अवलोकन पश्च्यात दुई जना अमेरिकन अफ्रिकन लुटेरा पसेर काम गर्ने कार्य सहायक (क्लर्क) ३५ बर्षिय मनिष पाण्डेलाई गोली प्रहार गरि हत्या गरेका थिए l

संदिग्ध दुवै लुटेराहरुको हुलिया मध्ये एक को ६ फिट तथा दोश्रो ५ फिट ९ इन्च उचाई रहेको र दुवैले टाउको सम्म छोप्ने ज्यालेट(अंगिका)लगाएका थिए l लुटेरा तथा हत्याराहरुको सूचना दिने लाई ५ हजार डलर को पुरस्कार दिने घोषणा गरको ड्यालस न्युज डटकमले लेखेको छ lenepalese



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video