विचार/अन्तरवार्ता
Jan 23, 2018
शासक परिवर्तन हुनपर्छ शासन हैन
 संघियता जनताको माग थियो समयको नै, किन कि यो सानो मुलुकमा संघियता आवश्यक नै थिएन। नितान्त ब्यक्तिगत स्वार्थ परिपुर्ती गर्न केही नेताहरुले जबर्जस्ती भित्र्याएको कमाइ खानी भाँडो मात्र थियो। यो देशको भुगोल ठुलो , जनता नै धेरै छन, देशमा अथाहा सम्पत्ती , नै बिकासका अनगिन्ती काम जस्लाई सम्बोधन गर्न संघियता आवश्यक पर्थ्यो। यो फगत १० बर्षे जनयुद्धलाई सुरक्षित अन्त्य गर्न जनतलाई अधिकार दिने,पिछडिएका लाई सम्पन्न बनाउने,उत्पीडितलाई उद्धार गर्ने भनेर सोझासाझा जनतलाई फसाउन फालिएको पासो थियो।

 

यो देशमा राणा शासन नै ठीक थियो जनताले पढ्न नपाए पनि आखिर देश बिकसित थियो,जनताले गरिखान पाएकै थियो,अखिर प्रजातन्त्र आएपछी पढेलेखेर के पाए? हातमा सर्टीफिकेट मात्र हो नि! परिवार छोडेर खाडी नगै दैनिकी चलेन। सामन्ती ब्यबस्था भनेर २४० बर्षको ईतिहास बोकेको राजतन्त्रलाई फालियो जनताले परिवर्तन खोजे भनेर सयौंलाई राजा बन्ने अवसर मिल्ने गणतन्त्रको बिज रोपण गरे। जनताले अभिभाबक बिहिन बन्न राजा फाल्ने, पहिचान बिहिन बन्न धर्म फाल्ने परिवर्तन खोजेका थिएन। ब्यबस्थाको परिवर्तन खोजेका थिएनन। गणतन्त्र, संघियता धर्म निरपेक्षता खोजेका थिएन। यि सब औंलामा गन्न सकिने हाम्रा नेता ज्यु नेपालको बिकास देख्न नचाहने बिदेशी शक्तिले खोजेका थिए।

 

नेपालीले बिकास खोजेका थिए,आर्थिक संबृद्धी खोजेका थिए,स्थिर सरकार,बिधिको शासन कानुनी राज्य खोजेका थिए। सिमा मिचिदा मौन रहने सरकार हैन राष्ट्रिय स्वाधिनता सार्बभौमताको लागि लड्ने लौह ब्यबस्था खोजेका थिए। यि यावत कुरालाई शासन ब्यबस्थाले हैन शासकको  बिचारले निती ले सम्बोधन गर्ने हो,चाहे त्यो शासक राणा हुन या राजा। लोकतन्त्र का हुन या गणतन्त्रका ।आर्थिक संबृद्धीको लागि,जनतलाई अधिकार दिनको लागि,पिछडिएकालाई सम्पन्न बनाउनको लागि गणतन्त्रको उदय भएको भए खै बितेका १० बर्षमा के उपलब्धी भयो ? झन दिनानुदिन देशमा भयावहक अवस्था सिर्जना भईरहेछ। देश खोक्रो हुँदै तर पनि नेताहरु दलिय भागवण्डामा नै लुछाचुडी गर्दैछन।

 

खै जनतालाई कसरी आयो गणतन्त्र? जनताको लागि गणतन्त्र आएको भए प्रदेशको राजाधानी प्रदेशको केन्द्र बिन्दुमा हुनपर्ने हैन? सबै जिल्लाबाट पायक पर्ने जिल्लामा हुनुपर्ने हैन? प्रदेश राजधानी जनता प्रत्यक्ष रुपमा जोडीनु अर्थपूर्ण नहोला  तर किन भारतीय सिमा नजिक हुन पर्यो? किन पहिले देखी नै सम्पन्न ठाउँमा हुन्पर्यो? बिराटनगर,जनकपुर,हेटौंडा,बुटवल,सुर्खेत धनगढी सबै बिकसित शहर हुन,जनघनत्व पनि बढी ,यातायात भौतिक संरचनाको पनि बिकास भएका छन। के संघियता भनेको यही हो, सुगम केन्द्रित भएर बस्नुपर्ने। जसरी सबै तिरबाट पायक कास्की जनकपुर लाई  प्रदेश को राजाधानी तोकियो त्यसरी नै भोजपुर,नुवाकोट,प्युठान,जुम्ला डोटीलाई तोकेको भये एकातिर सबै जिल्ला बाट पाएक पर्थ्यो भने अर्कोतिर प्रदेश राजाधानी हुनासाथ आर्थिक,सामाजिक,यातायात,भौतिक स्तरमा उुन्नती भएर जनताको आर्थिक स्थिती पनि सुधार हुन्थ्यो संघियताले सार्थकता पाउथ्यो। तर यसो हुन सकेन।

 

अनी कसरी विश्वाश गर्ने कि  गणतन्त्र नामको शासन ब्य्बस्थाले आर्थिक संबृद्धी हुन्छ ,जनतको अधिकार सुनिश्चित हुन्छ देश बिकास हुन्छ। करको नाममा जनताको रगत पसिना चुसेर, स्वाभिमान बन्दकी राखी बिदेशी सँग भिक मागेर संघियता चल्दैन बहुसंख्यक जनताको मर्म बिपरित दिगो सोच बिना लहडिमा भित्र्याएको संघियता चहिदैन पनि। तसर्थ सबैले बुझ्नु जरुरी आत्मसाथ गर्नुपनी  देश जनताको समग्र बिकासको लागि हृदयदेखी शासक परिवर्तन हुनपर्छ शासन ब्यबस्था हैन।

 



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video