सेनाको साँढे दुई अर्बको ठेक्का सेटिंग मिलाएर ठेकेदार लोकेन्द्रको कव्जामा  |  पाल्पामा भयानक जिप दुर्घटना ५ जनाको मृत्यु, ४ घाइते  |  सरकारद्वारा साना किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह  |  ‘स्मार्ट हेल्थ युनिट’ स्वास्थ्य मन्त्रालयबाट गायव  |  गृहमन्त्री बादल र ईयुका राजदुत भेटवार्ता  |  गृहमन्त्री बादल र तिब्बतका सुरक्षा व्युरोका महानिर्देशकबीच भेटवार्ता  |  सरकारबारे स्थायी समिति बैठकमा निर्मम समिक्षा हुन्छ ः रायमाझी  |  तेस्रो एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको ‘सर्टिफिकेशन प्रोग्राम’ सम्पन्न  |  लागुऔषध सहित नियन्त्रणमा  |  ‘जनता र कर्मचारीको पक्षमा काम गर्न नसक्ने सरकारले ललिपपको ढोल पिटिरहेको छ’
सेना/ प्रहरी/ शशस्त्र समाचार
Jan 23, 2018
त्रिशुली नदिबाट सयौं व्यक्तिका शव निकाल्ने डिल्ली सशस्त्र प्रहरीको बर्ष जवान २०७४ घोषणा, बर्ष जवानले पाँउछन यस्ता सेवा र सुविधा
काठमाडौं । माघ ९ । सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा कार्यरत सशस्त्र प्रहरी जवान डिल्ली भट्टराईलाई सशस्त्र प्रहरीको ‘वर्ष जवान’घोषणा भएका छन् । सशस्त्र प्रहरीको १७ औं शसस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा आयोजीत विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले जवान भट्टराईलाई ‘वर्ष जवान २०७४’ को ट्याग प्रदान गर्नुभयो । 
महानिरीक्षक श्रेष्ठले वर्ष जवान २०७४’ घोषीत भट्टराईलाई नगद १० हजार रुपैयाँ सहित पुरस्कृत गर्नुभयो । शसस्त्र प्रहरीको बार्षिकोत्सबको अवसरमा प्रत्यक बर्ष घोषणा हुने वर्ष जवानलाई युएन मिसनमा समावेश गर्नुका साथै निजको एक सन्ततीलाई वार्षिक १२ हजार रुपैयाँका दरले १२ कक्षा अध्ययन गरुन्जेलसम्म छात्रवृत्ति प्रदान गरिने बताइएको छ । 
उक्त विशेष समारोह पश्चात सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उहाँले विभिन्न मितिमा अनिवार्य अवकाश प्राप्त गर्नुभएका सशस्त्र प्रहरी अधिकृतहरुलाई स–सम्मान विदाई गर्नुभयो । सो अवसरमा गत फागुनमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक दुर्ज कुमार राई, अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक डा. कृष्णकुमार तामाङ, अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षकद्वय दिवाकर के.सी. र नरेन्द्र कुमार सिंह लगायत अवकाश प्राप्त अधिकृतहरुलाई दोसल्ला र ताम्रपत्रसहित स–सम्मान विदाई गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले त्यसवअवसरमा बीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीका १७ जना परिवारलाई कदरपत्र तथा सशस्त्र प्रहरी बल नेपालमा वर्षभरी उत्कृष्ट कार्य गर्ने ११ जना राष्ट्र सेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान गर्नुका साथै विभिन्न समयमा नेपाल सरकारबाट विभिन्न विभूषण द्वारा विभूषित ३० जना एपीएफ अधिकृत तथा जवानहरुलाई उक्त विभूषणद्वारा शुशोभित गर्नुभयो । 
अमर सशस्त्र प्रहरी कर्मचारीका ३२ जना सन्ततीहरुलाई सोही अवसरमा जनही २४ हजार रुपैयाँको दरले छात्रवृत्ति रकम प्रदान गरिएको छ । २०७३ सालको एसइइ परीक्षमा देशभरका सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक हासिल गर्ने वाहालवाला, अवकाश प्राप्त र बीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुका १० जना सन्ततीलाई समेत  त्यसअवसरमा छात्रवृत्ति रकम प्रदान गरिएको छ ।
यसवर्षको उत्कृष्ट गुल्म रनिङ्ग अवार्ड प्राप्त गर्ने सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म दार्चुला र उत्कृष्ट बोर्डर आउट पोष्ट घुस्की सुनसरीलाई सोही अवसरमा अर्वाड प्रदान गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यमा सहयोग पु¥याउनुहुने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड् बालाजुका अध्यक्ष एवं महाप्रबन्धक नन्द किशोर बस्नेतलाई सोही अवसरमा सशस्त्र प्रहरी माहानिरीक्षक श्रेष्ठले कदरपत्र प्रदान गर्नुभयो ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video