प्रधानमन्त्रीले भोली सम्म सर्वसाधारणलाई दशैंको टिका लगाउने, टिका लगाउन यति बेला पुग्नुहोस  |  मूर्ति सेलाउने बिषयमा बिबाद हुँदा कपिलवस्तुमा अनिश्चितकालीन कफ्र्यु  |  नक्कली नोट छाप्ने मेसिन सहित ५ जनाको गिरोह पक्राउ  |  दशैँपछि राजधानीमा चहलपहल सुरु,दशैंमा बढी भाडा असुलगर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही  |  यसरी मनाउँदैछन शीर्ष नेताले दशै  |  नेपाल प्रहरीले काठमाण्डौंमा अस्टमी देखि टिकाको दिन सम्म निशुल्क बस सञ्चालन गर्ने, कहाँ कहाँ चल्छ बस ? रुट सहित  |  थाहा पाइराख्नुहोस IVR मार्फत नेपाल टेलिकमको निशुल्क पाईने सुबिधाहरु  |  दशैं पछि माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै  |  सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु  |  पूर्वसांसदले गरे आत्महत्या
मनाेरञ्जन/रोचक
Jan 25, 2018
छोरीको विवाहको लागि अनुदान रकम माग गर्दै
काठमाडौं । माघ । नेपालगन्ज । छोरीको विवाहको लागि अनुदान रकम माग गर्दै स्थानीय वासिन्दाको एक समूहले बाँकेको जानकी गाउँपालिका कार्यालय घेराउ गरेको छ ।गाउँपालिकाको अध्यक्षमा पराजित रामदेव मिश्रको नेतृत्वमा ६ वटै वडाका वासिन्दाले छोरीको विवाहको लागि अनुदान रकम माग गर्दै कार्यालय घेराउ गरेका हुन् । विवाह दर्ता, नागरिकता र जन्मदर्ताको प्रमाण पत्रसहित उनीहरु गाउँपालिका कार्यालय पुगेका थिए ।

टोली नेता रामदेवले गाउँपालिकाका वासिन्दाको छोरीको विवाहको लागि अनिवार्य रुपले अनुदान दिनुपर्ने बताए । उनले भने ‘बाटोघाटो पुलपुलेसा बन्दै गर्छ । त्यो नभए पनि हुन्छ तर, गाउँपालिकामा जन्मेका सबै छोरीको विवाहको लागि अनुदान रकम दिनैपर्छ ।’

रामदेवले गाउँपालिकाले माघ १० गते अनुदान वितरण गर्दैछ भन्ने गलत सूचना दिएर मानिस भेला गरेको गाउँपालिकाका सल्लाहकार किशोर थापाले बताए ।

‘रामदेवले तीन दिन अघिदेखि गाउँपालिकाका सबै वडामा छोरीको विवाहको लागि गाउँपालिकाले १० गते आर्थिक सहयोग वितरण गर्दैछ, सबैले नागरिकता, जन्मदर्ता र विवाह दर्ताको प्रमाणपत्र लिएर रकम लिन आउनु भनेर खबर गरेको कारण सबैले नागरिकता,जन्मदर्ता लिएर गाउपालिका आएका रहेछन्’ उनले भने ।

स्थानीय निर्वाचनमा रामदेवले आफ्नो चुनावी घोषणा पत्रमा आफूले जितेमा गाउँपालिकाका सबै छोरीको विवाहको लागि पाँच लाख रुपैयाँ अनुदान दिने उल्लेख गरेका थिए ।जानकी गाउँपालिका-४ कि अंशु सोनारले छोरीको विवाहको लागि आर्थिक अनुदान दिन लागेको खबर पाएर आफ्ना ५ नातिनीको विवाहको रकम लिन आएको बताइन् ।

रामदेवले छोरीहरुको विवाहको लागि गाउँपालिकामा १६ करोड रकम आएको र १० गते वितरण हुने खबर पठाएको थाहा पाएर गाउलेको साथ लागेर आएको बताइन् । ‘गाउँपालिकाले छोरीको विवाहको लागि रकम वितरण गर्दैछ भनेर आएकी हुँ । मेरा ५ वटी नातिनी छन् । बस्नको लागि घरमात्रै छ खेती केही छैन’ उनले भनिन् ।

राजपा नेता राजकिशोर मिश्राले गाउँपालिकाले गरिब परिचय पत्र वितरण गरी गरीब र विपन्न समुदायका छोरीहरुको विवाहको लागि रकम छुट्टयाउनुपर्ने बताए ।

जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले रामदेव करिब एक महिनाअघि आफ्नो दुई छोरीको विवाहको लागि वडा कार्यालय र गाउँपालिकामा आएको आफूहरुले आर्थिक सहयोग गर्न नसक्ने स्पष्ट पारेर पठाएको बताए ।

उनले भने ‘महिना दिनअघि रामदेव आफ्नी छोरीको विवाहको लागि गाउँपालिका र वडा कार्यालयबाट आर्थिक सहयोग माग्न आउनुभएको थियो, मैले हुँदैन भनेर पठाएँ । आज स्थानीय बासिन्दालाई विकास निर्माणको रकम विवाहका लागि वितरण गर भन्दै आउनुभएको रहेछ । मैले सबैलाई विकास निर्माणको रकम अनुदानमा दिन मिल्दैन भनेर पठाएँ ।’onlinekhabar



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video