कृषि/प्रविधि
Jan 28, 2018
किबी जोन सञ्चालन हुने भएपछि इलामका कृषक खुशी
काठमाडौ, माघ १४  इलाम । व्यावसायिक रूपमा किबीखेती गर्दै आएका इलामका कृषक ‘किबी जोन’ सञ्चालन हुने भएपछि खुशी भएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत इलाममा ‘किबी जोन’ सञ्चालन हुनेभएपछि यहाँका किबी कृषक खुशी भएका हुन् । व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रमले कृषकलाई सहायताका कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।

पाँच सय हेक्टर क्षेत्रफलमा जोन क्षेत्र फैलने जनाइएको छ । जोन स्थापना भएपछि कृषि पूर्वाधार र यान्त्रीकरणमा सहुलियत पुग्ने किबी फ्रुुट एशोसिएशनका केन्द्रीय सदस्य देवकुमार राईले बताए । जोनले कृषि व्यवसाय प्रवद्र्धन, स्रोत केन्द्रको विकास, पोष्ट हार्भेष्ट सेन्टर स्थापना, प्रविधि तथा प्राविधिक सहयोग, कृषि यान्त्रीकरण र साना सिँचाइमा सहयोग गरिने बताइएको छ ।

किबी जोनअन्तर्गत किबीका बिरुवामा ५० प्रतिशत, प्रयोगशाला सेवामा ८५ प्रतिशत, कृषि औजार तथा उपकरणमा ५० प्रतिशत, साना सिँचाइ पूर्वाधारमा ८५ प्रतिशत, कृषि व्यवसाय सेवा पूर्वाधारमा ८५ प्रतिशत र शत प्रतिशत प्राविधिक सेवामा किसानलाई अनुदान उपलब्ध गराइने जिल्ला कृषि विकास कार्यालय इलामका प्राविधिक सहायक केशर मग्रातीले बताए ।

यहाँ प्रतिहेक्टर एक दशमलव ५३ मेटिक टन किबीको उत्पादकत्व रहेको छ । जिल्लाका जमुना, सुलुबुङ, मावु, माईमझुवा, लुम्दे, आमचोकलगायतका गाउँमा किबीको व्यावसायिक खेती शुरु गरिएको छ । किबी खेतीमा कृषकको बढ्दो आकर्षणसँगै व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट), कमर्सियल एग्रिकल्चर एलाइन्सजस्ता संस्थाले यस अघि किबी खेतीका लागि लगानी गर्दै आएका छन् ।sansarnews



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video