सेना/ प्रहरी/ शशस्त्र समाचार
Jan 30, 2018
नेपाली सेनाका एक दर्जन बढी सहायकरथीको पदस्थापन तथा सरुवा
काठमाडौं । माघ १६ । नेपाली सेनाका हालै महासेनानीबाट सहायक रथीमा बढुवा भएका हरुको पदस्थापन तथा केहि सहायक रथीहरुको सरुवा गरिएको छ । 
सैनीक मुख्यालय श्रोतका अनुसार सहायकरथीहरु मिनध्वज खडका २६ बाहिनीको बाहिनीपति, सुरज बाबा सुनुवार १५ बाहिनिको बाहिनीपति, विनय विक्रम राणा पृतना चीफ अफ स्टाफ मध्यपूर्वी हेडक्वाटरमा र हाल पाकिस्तानमा एनडिसी कोर्स गरिरहेका सहायकरथी बावुराम श्रेष्ठको अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयको निर्देशकमा पदस्थापना भएको छ । 
त्यस्तै सहायक रथीहरु सिताराम खड्कालाई नेपाली सैनिक प्रतिष्ठानको शिक्षाध्यक्षमा, सुदर्शन विक्रम राणा सैनिक संगठन निर्देशनालयको संगठन र संचालनाधिकृतमा, निरन्जकुमार श्रेष्ठलाई सैनिक इण्टेलिजेन्स महानिर्देशनालयमा, गोकुल भण्डारीलाई सैनिक प्रवक्तामा, निर्मलकुमार थापालाई ६ बाहिनीको बाहिनीपतिमा, आनन्द अधिकारीलाई सैनिक कमाण्ड तथा स्टाफ कलेजको सह शिक्षाध्यक्षमा, नवजीव शमम्शेर राणालाई सैनिक सामाग्री प्राप्ती निर्देशनालयको निर्देशकमा, नैनराज दाहाल हाल मिसनमा रहेका दाहालको निरीक्षण निर्देशनालयको निर्देशमा, रामशरण कार्कीलाई समारोहको निर्देशकमा,नरेश चन्द्र भट्टलाई रणनीतिक तथा दीर्घकालीन योजना निर्देशनालयको निर्देशकमा र सुर्यप्रसाद खनाललाई सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयको सह महानिर्देशकमा सरुवा गरिएको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video