निर्माणाधिन त्रि—चन्द्र मिलिटरी अस्पताल भवनको उपयोग सम्बन्धमा नेपाली सेनाले बिज्ञप्तीनै निकालेर दियो यस्तो जानकारी
रबिन थपलिया । काठमाडौं । माघ १७ । नेपाली सेनाले काठमाडौंको महांकाल स्थीत त्रि–चन्द्र मिलिटरी अस्पतालले चर्चेको भाग अस्पतालको ऐतिहासिक मर्म र अस्तित्व कायम रहने गरी निर्माण सम्पन्न भए पश्चात सैनिक कल्याणकारी योजनाका हिताधिकारीहरुको स्वास्थ्योपचार कार्य मै प्रयोग गरिने बताएको छ ।
नेपाली सेनाले आज विज्ञप्ती प्रकाशीत गदै सेनाले पेशागत क्षमता तथा दक्षता कायम राख्दै व्यवसायिकतामा असर पर्ने सम्झौता कदापी नगर्ने स्पष्ट पारेको छ । बिज्ञप्तीमा भनिएको छ “विभिन्न क्षेत्रबाट नेपाली सेनाको व्यवसायिकता प्रति चासो र चिन्ता दर्शाउनुलाई नेपाली सेनाले सकारात्मक रुपमा लिएको छ । नेपाली सेना आफ्नो इतिहास प्रति गर्व गर्दै ऐन नियमको परिधिभित्र रही हिताधिकारीहरुको कल्याणकारी गैर नाफामुलक कार्यमा गरिएको लगानीलाई विभिन्न रुपमा प्रस्तुत आधारहिन समाचारहरुबाट भ्रममा नपर्न नेपाली सेना सम्बन्धित सबैमा अनुरोध गर्दछ ।”
नेपाली सेनाले उक्त निर्माणाधिन भवनको केही भाग प्रतिस्पर्धात्मक रुपमा आयमूलक कार्यको लागि प्रयोग गरी प्राप्त आम्दानीको सदुपयोग गर्दै औषधोपचार सेवा सुविधालाई क्रमश विकेन्द्रिकरण गर्दै लैजाने स्पष्ट पारेको छ ।
सेनाले निकालेको बिज्ञप्तीमा भनिएको छ “छाउनीस्थित श्री वीरेन्द्र सैनिक अस्पतालको बेड संख्या ४९३ लाई बढाई ६३५ पु¥याईएको र सोही हाताभित्र थप सुविधा सहित अत्याधुनिक परिवार वहिरंग भवन (फेमेली ओपिडि विल्डिङ) संचालनमा आईसकेकोले दुई स्थानमा अस्पताल संचालन हुँदा जनशक्ति र उपकरणलाई दृष्टिगत गरी आर्थिक भार बढ्न जाने छ तसर्थ, योजना अनुरुप प्रदेश नं. ५ को नेपालगञ्जमा, प्रदेश नं. ४ को पोखरा र प्रदेश नं. १ को इटहरीमा क्षेत्रिय सैनिक अस्पताल निर्माण कार्य भईरहेको । प्रदेश नं. २ र ७ मा समेत सेवा विस्तार गर्ने योजना रहेको छ । जसले गर्दा हिताधिकारीहरुलाई उपचारको लागि केन्द्रमा धाईराख्न जरुरत पर्ने छैन् ।”