सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 01, 2018
युवती बलत्कार काण्डमा दरबारमार्गका डिएसपी र इन्सपेक्टरको सरुवा, को आउने भए दरवारमार्गमा डिएसपी ?
काठमाडौं । माघ १८ । दरबारमार्ग स्थीत ल्याण्डमार्क होटलमा भएको सामुहीक बलत्कारको घटनामा संलग्नलाई कारबाही नगरी गुपचुपमा मिलाएको आरोपमा दरबारमार्गका प्रहरी प्रमुख र इन्सपेक्टर सरुवा गरिएको छ । 
माघ ७ गते राती आफ्नो केटा साथीले बोलाएपछि ल्याण्डमार्क होटल पुगेकी युवती माथि केटा साथी सहित तीन जना युवाले सामुहीक बलात्कार गरेको भन्दै युवतीले दरवारमार्गमा उजुरी दिएकी थिइन् । प्रहरी बृत्त दरबारमार्गका मुद्धा शाखाका इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीले बलत्कारको घटनालाई दबाबमा गुपचुपमा मिलाएको र डिएसपी तिलक भारतीले सहयोग गरेको आरोप लागेपछि दुवैको सरुवा गरिएको बताइएको छ । तर उक्त घटनाको समयमा बृत्तका डिएसपी भारती भने बिदामा रहेका थिए । प्रहरी परिसर स्रोतका अनुसार भारतीको पनि घटनामा संलग्नता देखिएकाले परिसरमा झिकाएर अनुसन्धान भइरहेको बताइएको छ । 
दरबारमार्ग वृत्तको मुद्धा शाखामा कार्यरत इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीलाई नक्सालस्थित १ नम्बर गणमा सरुवा गरिएको छ भने डिएसपी भारतीलाई महानगरीय प्रहरी परिसर टेकुमा झिकाइएको छ । 
यता, प्रहरी बृत्त दरबारमार्गमा डिएसपी दानबहादुर मल्ललाई पठाउने तयारी गरिएको छ । प्रहरी प्रधान कार्यलय स्रोतका अनुसार इमान्दार छवीका मल्ललाई दरबारमार्ग वृत पठाउन लागिएको हो । 
बलत्कार छानबिन गर्नका लागि महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको कमाण्डमा छानविन समिति गठन समेत भइसकेको छ ।
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video