प्रवासी खबर
Feb 02, 2018
विश्व चर्चित कम्युनिस्ट नेता क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले आत्महत्या
  

विश्व चर्चित कम्युनिस्ट नेता क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले आत्महत्या गरेका छन् ।क्यास्ट्रोका जेठा छोरा फिडेल एन्जल क्यास्ट्रोले बिहीबार बिहान आत्महत्या गरेको क्युवाको सरकारी पत्रिका ग्रान्माले पुष्टि गरेको छ ।

६८ वर्षका उनले हवानास्थित आफ्नै घरमा आत्महत्या गरेका हुन् ।

केही महिनादेखि एन्जल फिडेल डिप्रेसनको शिकार बन्दै आएका थिए । डिप्रेसनपछि उनलाई केही समय अस्पतालमा राखेर उपचार गरिएको थियो । पछिल्लो समय चिकित्सकहरुको समूहले उनको घरमा उपचार गर्दै आएको थियो । चिकित्सकको निगरानीमै रहेका बेला उनले बिहीबार आत्महत्या गरेका हुन् ।

उनी फिडेलीटोको नामबाट चर्चित थिए ।

तत्कालीन सोभियत संघमा विज्ञान विषय लिएर पढेका फिडेलीटो आणबिक भौतिक शास्त्री हुन् । उनले क्युबा सरकारको सल्लाहकारको रुपमा समेत काम गरेका थिए ।

उनका पिता फिडेल क्यास्ट्रो क्युबाली क्रान्तिको नायकका रुपमा चिनिन्छन् । जसको निधन २०१६ नोभेम्बरमा भएको थियो ।rajaneeti



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video