प्रवासी खबर
Feb 06, 2018
माल्दिभ्समा संवैधानिक संकट गहिरिंदै जाँदा सरकारले १५ दिनकालागि आपत्कालिन स्थितिको घोषणा
काठमाडौं,माघ२३ ।माल्दिभ्समा संवैधानिक संकट गहिरिंदै जाँदा सरकारले १५ दिनकालागि आपत्कालिन स्थितिको घोषणा गरेको छ।आपत्कालिन स्थितिको घोषणा भए लगत्तै सुरक्षा दलहरु सर्वोच्च अदालत परिसरभित्र प्रवेश गरेका थिए।विपक्षी दलहरुले भूतपूर्व राष्ट्रपति मौमुन अब्दुल गयुमलाई पनि पक्राउ गरिएको जनाएका छन्। तर अधिकारीहरुले त्यसबारे केही बताएका छैनन्।

संसद निलम्बन

अदालतका एकजना प्रवक्ताले न्यायाधीशहरु अदालतभित्रै रहेका तर आफुले उनीहरुलाई संपर्क गर्न नसकेको बताए।

माल्दिभ्स सरकारले यस अघि संसदलाई निलम्बन गर्नुका साथै सर्वोच्च अदालतले राष्ट्रपति अब्दुल्ला यामीनलाई महाभियोग लगाउने कुनै कदम उठाए त्यसको प्रतिरोध गर्न सेनालाई आदेश दिएको थियो।

गत शुक्रबार देशको सर्वोच्च अदालतले केही राजबन्दीहरुलाई रिहा गर्न तथा १२ जना सांसदहरुलाई पुनर्बहाली गर्न आदेश दिएपछि सरकारले यस्तो प्रतिकृया जनाएको हो।

'अदालती आदेशको अवज्ञा सत्तापलट सरह'

राजनीतिक बन्दीहरूलाई रिहा गर्न आदेश

उनीहरुलाई पुनर्बहाली गरिएमा संसदमा विपक्षी दलको बहुमत पुग्नेछ।

बर्खास्त
सरकारले अदालतको आदेश कार्यान्वयन गर्छु भन्ने प्रहरी प्रमुखलाई पनि उनको पदबाट बर्खास्त गरीदिएको छ।सरकारले सर्वोच्च अदालतको आदेश पालना नगर्ने जनाएपछि माल्दिभ्समा संवैधानिक संकट उत्पन्न भएको हो।मुख्य विपक्षी दलले सरकारले आदेश पालना अस्वीकार गर्नु सत्तापलट सरह भएको टिप्पणी गरेको छ।पूर्व राष्ट्रपति मोहम्मद नाशीदले राष्ट्रपति यामीनले तत्काल सत्ता छाड्नुपर्ने बताएका छन्।

आह्वान

सुरक्षा फौजलाई देशको संविधानको रक्षा गर्न पनि नाशीदले आह्वान गरेका छन्। हाल श्रीलंकामा निर्वासनमा रहेका नाशीद प्रजातान्त्रिक तरिकाबाट निर्वाचित हुने माल्दिभ्सका पहिलो नेता हुन्। उनीमाथि लागेको आतंकवादको आरोप सर्वोच्च अदालतले खारेज गरिदिएको थियो र सो मुद्दासम्बन्धी सन् २०१५ मा भएको सुनुवाइ राजनीतिक रुपमा अभिप्रेरित भएको अदालतले बताएको छ। तर राष्ट्रपति यामीनलाई सत्ताबाट हटाउने कार्य असंवैधानिक र गैरकानुनी हुने भन्दै माल्दिभ्स सरकारले सावधान गराएको छ ।bbc



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video