सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 11, 2018
लैनचौरबाट गैडाको खाग सहित दुई शैनिक पक्राउ
काठमाडौं । माघ २८ । काठमाडौंको लैनचौरबाट खाग सहित दुई सैनिक र अर्का एक गरि तिन पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–२६ लैनचौरबाट केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले शनिबार संरक्षित वन्यजन्तु गैंडाको खाग २ थान सहित ३ जनालाई पक्राउ गरेको हो । 
पक्राउ पर्नेमा गोरखा सिरान्चोक गाँउपालिका–२ बस्ने ३३ वर्षीय हरिबहादुर ढकाल र ३८ वर्षीय डिलबहादुर ढकाल तथा उदयपुर त्रियुगा नगरपालिका–९ बस्ने २६ वर्षीय कृष्णबहादुर मगर रहेका छन् । हरिबहादुर ढकाल र कृष्णबहादुर मगर नेपाली सेनामा कार्यरत रहेको पाइएकोले दुबै जनालाई आवश्यक कारबाहिको लागि सैनिक प्रहरी गण,जंगीअड्डा भद्रकालीमा र डिल बहादुरलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय काठमाडौमा बुझाईएको प्रहरीले बताएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video