सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 12, 2018
काठमाडौं प्रहरी प्रमुख फेरीए, काठमाडौंको सुरक्षाको जिम्मा पोखरेललाई, जनसेवाको डिएसपीमा लिम्बु
काठमाडौं । माघ २९ । कार्यसम्पादन प्रति असन्तुष्टी देखाँउदै प्रहरी प्रधान कार्यालयले काठमाडौंको प्रहरी प्रमुख परिवर्तन गरेको छ । प्रहरी प्रधान कार्यालयले परिसरका एसएसपी रवीन्द्र धानुकलाई संघीय प्रहरी कार्यालय बाग्लुङमा सरुवा गरेको हो । प्रहरी परिसर काठमाडौंमा एसएसपीमा विश्वराज पोखरेलको सरुवा भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेका पोखरेलको प्रहरी प्रधान कार्यालयले आइतबार साँझ काठमाडौं प्रहरी परिसरको प्रमुखको जिम्मेवारी दिएको हो । पोखरेल एसपी रहदाँ परिसरमा कार्यरत थिए । परिसरका एसएसपीसँगै प्रहरी मुख्यालयले आइतबार तीन डिएसपीको समेत सरुवा गरेको छ । 
परिसरका मुद्दा शाखाका डिएसपी बेलबहादुर पाण्डेलाई संघीय प्रहरी इकाई दिपालय पठाइएको छ। काठमाडौं परिसरको मुद्दा शाखामा डिएसपी मोहन थापालाई सरुवा गरिएको छ । थापा महानगरीय प्रहरी वृत्त जनसेवाका कार्यरत थिए । जनसेवा वृत्तमा बिशेष ब्यूरोमा कार्यरत डिएसपी टेकानन्द लिम्बुको सरुवा गरिएको छ । परिसरमा सरुवा भएका एसएसपी पोखरेल र डिएसपी थापालाई सोमबार नै हाजिर हुन निर्देशन दिइएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video