विचार/अन्तरवार्ता
Feb 12, 2018
कलियुगका डाँकु
 बिछिप्त मन,बेदनाले छटपटिएको यो मानसपटलले कहाँ बाट लेख्न सुरु गर्ने सोच्न सकेको छैन। जता हेर्यो बेथिती भन्दा केही छैन, आशातित हुने दृष् छैन। माओवादी शान्ती प्रकृयामा आएसगै १० बर्षे जनयुद्धले क्षदबिक्षेत पारेको मुलुकले अब पक्कै काँचुली फेर्नेछ, आर्थिक क्रान्ति हुनेछ।  धनी गरीब बिचको खाडल पुरिनेछ,जनताले समान अधिकार पाउनेछन बिशेषत जनताको अधिकार सुनिस्चित गर्ने,जनभावना समेटिएको संबिधान बन्नेछ। बिडम्बना सात राजनीतिक दल मिलेर जनताको चाहना भन्दै २४० बर्षको राजतन्त्रलाई बली चढाएर मिलेमतोमा आफुहरु शक्ल्तिशाली  हुने गणतन्त्रको बिजारोपण मात्र भयो।

 

एक राजाको अन्त्य गर्दै ६०१ छोटे राजाको उदय भयो, यहीँबाट सुरु भएको बेइमानी,बेथिती बितृष्णाले आजका दिनसम्म आइपुग्दा लाज, घिन सबै पचाएर सिमा नै काटिसकेको   जनचाहना बिपरितको राजतन्त्रको दु:खद बिदाई। यो केबल एउटा राजाको बिदाई थिएन, कालजयी ईतिहासको बिदाइ थियो,परम्पराको बिदाई थियो,नेपालको गौरबमय पहिचानको बिदाई थियो, नेपाली जनतालाई अनाथ बनाउने अभिभाबकको बिदाई थियो जसको अभाब बिस्तारै खट्किरहेछ।

 

बिना बिबाद बिना साम्प्रदायिक सोच भाईचारा कायम गरेको एक अर्काको धर्मलाई सम्मान गरेर मिलिजुली रहेका करीब ८२% हिन्दू,१५% बुद्धिष्ट को बाहुल्य रहेको मुलुक औंलामा गन्न सकिने - ब्यक्तिको श्वार्थसिद्ध गर्ने तिनै सात राजनीतिक दल मिलेर धर्मनिरपेक्ष बनाइयो। आराध्यदेब पशुपती नाथको कृपाले,माने पनि नमाने पनि दैबिक शक्तिले,ऋषीमहर्षिको तप ध्यानले पवित्र पारेको विश्वको एकमात्र हिन्दू राष्ट्रको पहिचानलाई बिध्वंश पारीयो।

समाजमा, छरछिमेकमा मिलेर बसेका नेपाली दाजुभाइलाई जतियताको नाममा लडाउने काम गरियो। 'चार जात छत्तिस बर्णको साझा फूलबारी नेपाल" आफ्नो मौलिकताको सुगन्ध छरेर बसेका नेपालीलाई जातिय राज्यको कल्पबिष छरेर भड्काउने काम गरियो। जुन सात प्रदेश को नामाकरण नभयसम्म शायदै अन्त्य होला।

जनताले आफ्नो संबिधान आँफै लेख्छन भनियो ६०१ लाई जनप्रतिनिधी बनाइयो। सबिधान लेखिदै गर्दा जनताको चाहना बुझ्ने भन्दै हेलिकप्टर चढेर रातारात गाउँगाउँ पुगेर जनताको सुझाब संकलन गरियो तर ब्यर्थ काग कराउदै गर्छ पिना सुक्दै गर्छ झै कार्यकारी प्रधानमन्त्री जन निर्बाचित हुनुपर्छ भन्ने राय दिने जनताको सुझाब बेवास्था गरियो आफ्नो अनुकुल संबिधान निर्माण गरियो।

 

संबिधान बन्यो अब राज्यले गती लिने भो भनेर जनता सपना देख्दै थिए, श्रिसम्पत्ती साहुकोमा बन्दी राखेर परिवार छोडेर खाडी जान पर्दैन भनेर रमाउदै थिए,आर्थिक क्रान्तिका नारा सुन्दै थिए, सुनौलो भबिष्य बुन्दै थिए, नेताले भनेको जस्तो आर्थिक क्रान्ति भयोप नत खाडी जान पासपोर्ट बनाउनेको लाइन घट्यो।

 

साशकले थिचेर उद्धोग,कलकारखाना बन्द भए, रोजिरोटी गुम्यो, जनयुद्धले थिचेर सत्र हजार मरे, भौतिक पुर्वाधार तहशनहश भए,शान्ती प्रकृयाले थिचेर रातारात नुन देखी सुनसम्म,बस्तुभाउ देखी घरजग्गासम्म महंगिए। बिस्तारै अवस्था परिवर्तन हुँदै थियो भुकम्पले थिच्यो घर ढल्यो, देश ढल्यो। "घर ढलेर के भो मन ढले छैन" नि भनेर आशातित नै भइयो। अस्थिरताबाट आजित भएको अवस्थामा काठमाण्डौको सिंहदरबार अब गाउँगाउँमा आउने भो भनेर मनमा उमङ छायो। स्थिर सरकारको आशाले चिसो टिनामुनी बसेर पनि उत्साह बोकेर चुनाबी रौनकमा होमियो।

 

अब नयाँ सरकार बन्ला देश द्रुत गतिमा बिकासको बाटोमा लम्केला भनेको झनै खिचातानी छ।  मन्त्रिका मनोमानी राज्यको ढुकुटिमा ब्रम्हलुट , आयल निगम घाटामा तर कर्मचारी बोनस लुटिरहेछ, एनसेलले यो योजना त्यो योजना भनेर जनता लुटिरहेछ,कर तिरे तिर नतिरे नतिर तर नाफा लैजाउ भनेर न्यायधिस न्याय लुटिरहेछ, प्रान्तको नाम राखेको छैन इम्बोस्ड नम्बर भनेर स्टेट नमबरको  आधारमा यातायातले सवारिधनी लुटिरहेछ, सुबिधाको नाममा भुपु राष्ट्रपती वटा गाडी लुटिरहेछ, स्वास्थ्य उपचारको नाममा हट्टाकट्टा मन्त्री ५० लाख लुटिरहेछ, पैसा पावरको  तुजुकमा छोरीचेलीका इज्जत लुटिरहेछ।  जसले सक्यो सक्दो लुटिरहेछ। यस्तो लाग्छ खुला चौरमा मरेको बस्तु गिद्धले झै झम्टिझम्टी लुटिरहेछन।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video