Attraction
Feb 16, 2018
हजकै क्रममा मुस्लिम महिलामाथि हुन्छन् यौन शोषण !
एजेन्सी-हज गर्न गएकी मुस्लिम महिलामाथि यौन शोषण भएको रहस्‍य खुलेको छ। मुस्लिम महिलाहरुले सामाजिक सञ्‍जालमार्फत आफूमाथि भएको यौन शोषणको खुलेर विरोवध गर्न थालेपछि उक्त रहस्य खुलेको बीबीसीले उल्लेख गरेको छ।

यसअघि सामाजिक सञ्‍जालमा यौन शोषण विरुद्ध सुरु भएको ‘मी टू’ अभियानले विश्‍वको ध्‍यान ताने जस्तै अहिले मोस्क्‍यू मी टू नामक अभियानले महिलाहरु माथिको अत्‍याचारलाई अभिव्‍यक्त गर्दै आएको छ।

लेखिका तथा पत्रकार माना ट्हावीले यो अभियान सुरु गरेकी थिइन्। उनले सन् २०१३ मा हजको दौरानमा आफूमाथि यौन शोषण भएको ट्वीटरमार्फत बताएकी थिइन्।
उनले ट्विटमा लेखेकी थिइन्, ‘ एक मुस्लिम महिलाले मेरो घटना सुनेपछि आफ्नो आमासँग पनि यस्तै शोषण भएको बताएकी थिइन्। उनले मलाई कवितामार्फत पठाएकी थिइन्। त्‍यसको जवाफ दिनेक्रममा मैले पनि आफूलाई सम्हान पाइन र मेरो पीडा पनि सुनाइ दिएँ।’
एक अनुमानका अनुसार प्रत‍्येक वर्ष करीब २० लाख मुसलमानहरु हजको लागि उक्त पवित्र ठाउँमा पुग्‍ने गर्दछन्। त्‍यहाँ सबैजना एक ठाउँ भेला हुन्छन्। तर त्‍यही धेरै मानिसहरुको भीडमा नै महिलाहरुमाथि यौन दुर्वहार हुने गर्दछ।

यस्तै अर्की ट्वीटर प्रयोगकर्ता नरगेस्काले लेखेकी छिन्, ‘ सुरक्षार्थको लागि मेरो बुवाले आमालाई जहिल्‍यै आफ्नो साथसाथै लिएर जानुहुन्थ्यो। तर यो पुरुषवादी समाजमा महिलालाई यसरी सुरक्षा दिएर कहिलेसम्‍म राख्‍ने ?समाजको बन्धनलाई यिनीहरुले किन भत्काउन सक्दैनन्।
यस्तै अर्की ट्वीटर प्रयोगकर्ता नरगेस्काले लेखेकी छिन्, ‘ सुरक्षार्थको लागि मेरो बुवाले आमालाई जहिल्‍यै आफ्नो साथसाथै लिएर जानुहुन्थ्यो। तर यो पुरुषवादी समाजमा महिलालाई यसरी सुरक्षा दिएर कहिलेसम्‍म राख्‍ने ?समाजको बन्धनलाई यिनीहरुले किन भत्काउन सक्दैनन्।?

I am glad to see women are speaking out about being sexually harassed during Hajj. Several years ago, i shared my own experience with sexual assault during the pilgrimage (see following tweets) https://stepfeed.com/women-are-speaking-out-about-being-sexually-harassed-during-hajj-8156#.WnjdMR8gzo0.twitter  h/t @jwildeboer

 

Pilgim groups are warned re. groping during tawaf; my father walked behind my mother during tawaf to protect her. Men, don't act surprised!

 

त्‍यही अर्की प्रयोगकर्ता हननले पनि ट्वीटमार्फत भनेकी छन्,’ मेरो बहिनीले यो वर्ष हजको दौरानमा यौन दुव्‍यवहारको सिकार हुनु पर्‍यो।जबकी उनी हजमा आफूलाई निक्‍कै सुरक्षित मान्‍दै आएकी थिइन्। यस्तो कुकर्म गर्ने मानिस पनि त्‍यो पवित्र स्थलमा हुने गर्दछन्। एउटा मुस्लिम भएको नाताले बहिनीमाथि भएको अन्‍यायलाई सबैले साथ दिनु जरुरी छ।’

 

I stand with my sisters who've experienced sexual assault in environments they thought would be safe. Terrible people can inhabit holy spaces. It is telling of their own character. As Muslims it is our duty to advocate for our sisters who are facing injustice.



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video