सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 16, 2018
सिन्धुपाल्चोकको बाह्रविसे जाँदै गरेका ट्रक भोटेकोसीमा खस्यो, ४ जनाको मृत्यु, ट्रक बेपत्ता
काठमाडौं । फागुन ४ । सिन्धुपाल्चोकको तातोपनीबाट बाह्रविसे जाँदै गरेको ट्रक आज भोटेकोसी नदिमा खस्दा ४ जनाको मृत्यु भएको छ । 
बाह्रबिसे नगरपालिका–६ स्थित अरनिको राजमार्गमा तातोपानीबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा.४ ख २८१२ नम्बरको ट्रक शुक्रबार सडकबाट करीव ५० मिटर तल भोटेकोशी नदीमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेहरुमा बाह्रबिसे नगरपालिका–८ मानेश्वारा बस्ने ३५ वर्षीय गाडी चालक शेखर अधिकारी, सोही ठाउँ बस्नेहरु ४० वर्षीय सुब्बा अधिकारी, २० वर्षीय कमल अधिकारी र २३ वर्षीय कुमार माझी रहेका छन् । गाडी पानीमा डुबेको प्रहरीले बताएको छ । घटनाबारेमा आवाश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video