प्रवासी खबर
Feb 18, 2018
आमाको उपचार खर्च कतैबाट नजुटेपछि एक किशोरीले आफुलाई बिक्रीका लागि अनलाईनमा राखेपछी
 काठमाडौं । फागुन ६ । आमाको उपचार खर्च कतैबाट नजुटेपछि एक किशोरीले आफुलाई बिक्रीका लागि अनलाईनमा राखेपछी-पढ्दा पढ्दै आशु झर्यो.. सबैले एकचोटी पढ्नुहोला ..सेयर पनि गर्नुहोला !

बढि मूल्य तिरेर खरीद गर्ने व्यक्तिले आफूलाई जीवनभर चाहेको काममा उपयोग गर्न सक्ने बताइन “आमाको उपचार खर्च कतैबाट नजुटेपछि” चीनको गुवान्झाउ शहरमा बस्ने १९ वर्षीया कैयो मेग्युआनले आफूलाई बिक्रीका लागि अनलाईनमा राखेकी छन् । उनले सबैभन्दा बढि रकम लगाउनेले आफूलाई किन्न सक्ने अनलाईनमा उल्लेख गरेकी छिन् ।

चीनमा लोकप्रिय सामाजिक सञ्जाल वि च्याटमा उनले आफूलाई चाँडोभन्दा चाँडो खरिद गर्न आग्रह गरेकी छिन् । कैयोले आफैंलाई बेच्नुपर्ने वाध्यतामा पुग्नुको कारण हो उनकी आमाको बिमारी बताईएकि छिन ।

उनलाई आफ्नो आमाको उपचारका लागि पैसा चाहिएको छ । अत्यान्तै विपन्न परिवारकी जेठी छोरी कैयोले पैसा जुटाउने कुनै उपाय नभेटेपछि आफैंलाई विक्रीमा राखेकी हुन् ।

बढि मूल्य तिरेर खरीद गर्ने व्यक्तिले आफूलाई जीवनभर चाहेको काममा उपयोग गर्न सक्ने कैयोले बताएकी छिन् । उनले आफ्नो फोन नम्बर पनि अनलाईनमा सेयर गरेकी छिन् । गरिबीको कारणले आफ्नो पढाई पूरा गर्न नसकेकी कैयो परिवारको भरणपोषणका लागि थुप्रै ठाउँमा मजदुरी गर्छिन् ।
उनकी आमालाई स्किन क्यान्सर भएको छ । उनलाई हाल गान्झाउ अस्पतालमा भर्ना गरिएको छ । अस्पतालले उनको उपचारका लागि साढे तीन लाख युआन मागेको छ । यति धेरै पैसा उनको परिवारसँग छैन ।

कैयोले गरेको विज्ञापनमा धेरै समाजसेवी संस्थाहरुको ध्यानाकर्षण भएको छ । एउटा एनजिओले उक्त विज्ञापनको आधिकारिकता पुष्टि गरिसकेपछि कैयोलाई सहयोग गर्ने प्रतिवद्धता जनाइसकेको छ । गोंग यी पाई नामको एनजिओका संस्थापक हुआङ की-लिंगले कैयोको आमाको उपचारमा लाग्ने सम्पूर्ण खर्च आफ्नो संस्थाले व्यहोर्ने बताए ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video