अपांगता/अल्पसंख्यक
Feb 20, 2018
अपांगता भएका दल बहादुर भुजेल परिवारलाई झण्डै ६ लाख रूपैयाँको चेक हस्तान्तरण
गोरखा । फाल्गुण ८ । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ३ याङ्दीका परिवार नै अपाङ्ग दल बहादुर भुजेलको घर निर्माणका लागि करिब ६ लाख आर्थिक संकलन भएको छ ।

अपाङ्गगताका कारण पुरै परिवार नै समस्यामा परेको थाहा पाएपछि गोरखा नगरपालिका वडा नम्बर एघार १२ किलोकी रेखा तमाङ्ले सहयोग संकलन अभियान चलाएकी थिइन । भुजेल परिवार हेर्न तमाङ् आफै गएकी थिईन र उनले भनिन भुजेल परिवार को अबस्था हेर्दा निकै दयनिय रहेछ उनले भनिन । उनीहरुको अबस्था बारेमा तमाङ्ले सामाजिक सञ्जाल मार्फत तस्वीर र भिडियो सार्बजानिक गरिन । त्यसपछि उनका साथीहरुले देश विदेशबाट जो सकेको रकम पठाउन थाले अनि उनी पनि उत्साहित भईन र रेखा त्यहाँ पुग्दा निकै भावुक समेत भएकी थिईन त्यहीँ बाटै सबै सहयोगी हातहरु लाई अगाडि बढाइदिन सबैलाई अपिल गरिन ।

प्रमुख जिल्ला अधिकारीलाई संरक्षक राखेर राष्ट्रिय वाणिज्य बैङ्कमा खाता समेत खोलेकी उनले त्यहाँ संकलन भएको ५ लाख ९९ हजार ८२९ रुपयाँ गण्डकी गाउँपालिका अध्यक्ष होम बहादुर राना, वडा अध्यक्ष नबराज श्रेष्ठ र भुजेलका छिमेकीहरु समेतको उपस्थितीमा सोमबार उक्त रकमको चेक समेत हस्तान्तरण गरेको रेखाले बताइन ।
प्रजातन्त्र दिवस कै अवसर पारेर जुन चलाइहिरेको अभियानको " चियापान तथा चेक हस्तान्तरण कार्यक्रम " दल बहादुर भुजेल कै निवास गण्डकी गाउँपालिका वडा न ३ को याङ्दी बस्तीमा नै गराईएको थियो । अथितीका रुपमा गण्डकी गाउपालिका का अध्यक्ष होम बहादुर राना मगर र गण्डकी गाउँपालिका वडा न ३ का वडा अध्यक्ष नबराज श्रेष्ठ र नेकपा एमाले गण्डकी गाउपालिका वडा अध्यक्ष बिष्णु पन्त को उपस्थितिमा थियो ।  
 
भुजेल परिवारको भएको घर पनि २०७२ साल को भुकम्पले भत्काएपछि निकै कष्टकर जिवन बिताईरहेका उनको परिवारलाई भुकम्प प्रतिरोधी अपाङ्गमैत्री घरमा सार्ने अठोटका साथ फर्किएकी रेखाले रकम संकलन सुरु गरिन । स्वदेश तथा विदेशबाट भटाभट रकम आउन थाल्यो अनि २ महिनामा  यति रकम संकलन भइहाल्यो उनले थपिन ।

अहिले खातामा भएको रकम हामीले हस्तान्तरण गरेका छौ अब घर निर्माण प्रक्रिया छिटै सुरु हुन्छ । हाल कष्टकर किसिमले टहरामा दिन गुजारीरहेका उक्त परिवारको लागि ४ कोठे पक्की घर निर्माण गरिदिने उनको योजना छ । सोका लागि आवश्यक सबै तयारी समेत पुरा भइसकेको उनले बताइन् । डिजाइन,नक्सा सबै रेडी भएको छ अब काम सुरु गछौं यति रकम घर त बन्दैन होला अरु रकम जुट्दै जान्छ ।

हाल सम्म जम्मा भएको रकम, दलबहादुरले भुकम्पको लाभग्राही भएबापत पाउने ३ लाख अनुदान समेत समेटेर १० लाख लागतमा घर बनाउने लक्ष्य रेखाको छ । यदी रकम बाँकी रहे उनीहरुको भरण पोषणका लागि कोष बनाएर राखिदिने उनले बताइन ।

८९ वर्षका दलबहादुर उनका छोराछोरीहरु देवी, चङ्ख र रामबहादुर गरी ४ जनाको परिबारमा सबै शारिरीक रुपमा  
अशक्त अबस्थामा छन । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video