पुर्व राष्ट्रपतिद्धारा जिपी कोईराला फाउण्डेसन एसिया प्यासीफीक क्षेत्रीय संयोजक थापामगर सम्मानीत  |  ‘द्वन्द्व व्यवस्थापनमा नेपालले अपनाएको विधि विश्वका लागि नमूना’  |  मिति २०७६ असोज २९ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सांसद साह पक्राउ  |  एनआरएनए सम्मेलनमा भागलिन आएका गैरआवासीय नेपालीद्धारा त्रिभुबन बिमानस्थलमा तोडफोड, घटनामा संलग्न एक पक्राउ  |  समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदान गर्न राष्ट्रपतिको आग्रह  |  नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न  |  भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल ः प्रधानमन्त्री  |  मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम शुरु  |  कर्मचारी नहुँदा कार्यालयको काम ठप्प
मनाेरञ्जन/रोचक
Feb 23, 2018
लेखन कुञ्जमा ‘कुञ्ज नाटक घर’
अशोक तिवारी।फागुन ११,काठमाण्डौ। राजधानीको थापागाउँस्थित लेखन कुञ्जमा ‘कुञ्ज नाटक घर’ स्थापना भएको छ । संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी, साहित्यकार एवम् राजनीतिज्ञ प्रदिप ज्ञवाली र लेखन कुञ्जका अध्यक्ष कमल ढकालले नाटकघरको संयुक्त रुपमा उदघाटन गर्नुभयो।

नाटकघर उदघाटनका प्रमुख अतिथि सत्य मोहन जोशीले भन्नुभयो(‘नाटक आफैमा अन्तराष्ट्रिय भाषा हो । अन्र्तराष्ट्रिय भाषालाई प्राकृतिक ढंगले अंगालेकोमा खुशी लाग्यो’।
एमाले नेता प्रदिप ज्ञवालीले कुन्ज नाम आफैमा युनिक भएको र प्राकृतिक माहौलका कारण यसले भविष्यमा नाटकमा आफ्नै प्रकारको छाप छाड्ने बताए । 
कार्यक्रमलाई सम्बोधन गर्दै घोष्ट राईटिङ नेपाल एवं लेखन कुन्जका संस्थापक अध्यक्ष कमल ढकालले नाटक, खाजा र साहित्यको फरक स्वाद दिन आफुले नयाँ बानेश्वर थापागाउँमा लिटरेचर हब खडा गरेको जानकारी गराउनुभयो ।
 
नाटकघरमा अहिले चे शंकर निर्देशित  सुदाम सिकेले अभिनय गरेको चिनियाँ साहित्यकार लु शुनको नाटक ‘म्याड म्यान्स डायरी’ प्रदर्शनमा आएको छ ।  ‘म्याड म्यान्स डायरी’ शनिबार दुई सो का साथ नौ दिनसम्म चल्नेछ। 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video