शिवपुरी र ककनी गाँउपालीका जोडने सात्दोबाटे ढोडिनी मोटरबाटो निर्माण सम्पन्न, ५ लाखमै बन्यो यस्तो सडक
काठमाडौं । फागुन १६ । नुवाकोटको शिवपुरी गाँउपालीका र ककनी गाँउपालीका जोडने सात्दोबाटे ढोडिनी सडकको स्तरोन्नती गर्ने कार्य सम्पन्न भएको छ ।
शिवपुरी गाँउपालीका ८ थानापतिको सात्दोबाटे देखि भिमसेनस्थान हुंदै ढोडिनी जोडिएको उक्त सडकमा हेमपाइप बिच्छाउने, ग्राबेल भर्ने र रोलरले सम्याउने लगायतको कार्य गरिएको सडक निर्माण समितिका अध्यक्ष उत्तम थपलियाले बताए ।
शिवपुरी गाँउपालीकाको ५ लाख सहयोगमा ५ किलो मिटर सडकको स्त्तरोन्नती गरिएको थपलियाले बताए । उनले भने “५८ घण्टा भन्दा बढी जेसीभिले बाटो सफा गरिएको छ र्निमाण सम्पन्न हुंदामा उल्टै १ लाख २० हजार मैले ऋण बोक्नु प¥यो” । गाँउपालीकाले दिने भनेको ५ लाख मध्य करकट्टी र प्रावीधिक शुल्क कटाएर ४ लाख ५० हजार मात्र हात परेको बताँउदै थपलियाले सडकको अबलोकन गरेर गाँउपालीकाले थप रकम निकासा दिनेमा विश्वास व्यक्त गरे ।
सात्दोबाटो–ढोडिनी सडक र्निमाणको अनुगमन समितिका संयोजक एवं वडा सदस्य दिपक थपलियाले थोरै रकममा स्तरीय ढंगले सडक निर्माण गरिएको बताए । वडा सदस्य थपलियाले सडक निर्माणको क्रममा अपुग भएको रकम गाँउपालीकासंग समन्यव गरेर उपलव्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेको निर्माण समितिका अध्यक्ष उत्तम थपलियाले बताए ।
सडक निर्माण सम्पन्न भएपछि शिवपुरी देखि ककनी गाँउपालीका सम्म पुग्नको लागि सहज हुने स्थानीयवासीहरुको भनाई रहेको छ ।




dfsf